
काठमाडौं ।
नेपाली काँग्रेसले मोबाइल एप सञ्चालनमा ल्याएको छ। काँग्रेसले १४ औं महाधिवेशनको उदघाटनका क्रममा नेपाली काँग्रेस नामक मोबाइल एप पनि सार्वजनिक गरेको हो।
राजधानीको भृकुटीमण्डपमा आयोजित पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले स्वीच थिचेर साे एप सार्वजनिक गरेका हुन् ।
सो एपमा काँग्रेसका सम्पूर्ण गतिबिधिलाई समेटिएको छ। सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रकाशित: २५ मंसिर २०७८, शनिबार