सनराइज बैंकको अनलाइन प्लेटफर्म ‘सनराइज केयर’ सार्वजनिक

  • Technology Khabar | २५ मंसिर २०७८, शनिबार
सनराइज बैंकको अनलाइन प्लेटफर्म ‘सनराइज केयर’ सार्वजनिक

काठमाडौं ।

सनराइज बैंकले अनलाइन प्लेटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ।

उक्त प्लेटफर्ममार्फत् बैकिङसम्बन्धी विभिन्न सेवाहरु बैंक नगई अनलाइनमार्फत् नै लिन सकिनेछ।

सनराइज केयर विभिन्न बैकिङ सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लेटफर्म हो। जस मार्फत डेबिट कार्डको अनलाइन अकाउन्ट ओपनिङ, पिन रि–इस्यु, ग्रिन पिन चेन्ज, इकर्मस अपडेट, मोबाइल बैंकिङ ब्लक/अनब्लक लगायत सेवासम्बन्धी आवेदन अनलानइबाटै दिन सकिन्छ।

आगामी दिनहरुमा सनराइ केयरमा अन्य बैंकिङ सेवाहरु पनि थप गर्ने बताइएको छ। यस प्लेटफर्मलाई अत्याधुनिक प्रविधियुक्त र प्रभावकारी बनाउँदै लैजाने बैंकको उद्देश्य छ।

यो बैंकको १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ सेवा छन्।

प्रकाशित: २५ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार