गुगलले आफ्ना सबै कर्मचारीहरूलाई करिब १.९२ लाख रुपैयाँ बोनस दिने

  • Technology Khabar | २५ मंसिर २०७८, शनिबार
गुगलले आफ्ना सबै कर्मचारीहरूलाई करिब १.९२ लाख रुपैयाँ बोनस दिने

काठमाडौं ।

गुगलले क्रिसमस अघि आफ्ना कर्मचारीहरूलाई बोनस दिने घोषणा गरेको छ । गुगलले बुधबार यस वर्ष विश्वभरका आफ्ना सबै कर्मचारीलाई अतिरिक्त बोनस दिने जनाएको छ । योसँगै गुगलले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई ध्यानमा राख्दै आफ्नो रिटर्न टु अफिस योजना पनि स्थगित गरेको छ।

कम्पनीका प्रवक्ताका अनुसार गुगलले यस महिना अमेरिकामा कम्पनीमा काम गर्ने सबै कर्मचारीहरूलाई १,६०० अमेरिकी डलर (लगभग १.९२ लाख रुपैयाँ) नगद बोनस दिनेछ।

नयाँ लाभ गुगलको घरबाट काम गरेकोमा अर्थात वर्क फ्रम होम अलाउन्स र कोरोनाभाइरस महामारीको समयमा आफ्ना कर्मचारीहरूलाई सहयोग गर्ने उद्देश्यका साथ दिइँदैछ।

यसअघि मार्चमा गुगलको आन्तरिक सर्वेक्षणले विगत एक वर्षदेखि कम्पनीले आफ्ना कर्मचारीको हेरचाहमा बेवास्ता गरेको खुलासा गरेको थियो। त्यसपछि कम्पनीले कर्मचारीहरूलाई  ५०० डलरको कल्याण नगद बोनस सहित धेरै सुविधाहरूको घोषणा गर्यो।

गत हप्तामात्रै, गुगलले ओमिक्रोनको ट्रान्जिसनलाई ध्यानमा राख्दै कर्मचारीहरुलाई अफिसमा फिर्ता गर्ने योजना स्थगित गरेको थियो। यसअघि २०२२ जनवरी १० गतेदेखि कर्मचारीलाई कार्यालयमा फर्किन भनिएको थियो । यसको लगभग ६० देशहरूमा करिब ८५ कार्यालयहरू छन्।

प्रकाशित: २५ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार