नेपाल टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय अब सुर्खेतमै स्थानान्तरण

  • Technology Khabar | २५ मंसिर २०७८, शनिबार
नेपाल टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय अब सुर्खेतमै स्थानान्तरण
फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो कर्णाली प्रदेशको कार्यालय स्थानान्तरण गरेको छ । यसअघि नेपालगञ्जबाट सेवा दिँदै आएको नेपाल टेलिकमले अब कर्णाली भित्रैको आफ्नो नयाँ कार्यालयबाटै सेवा दिने भएको छ।

कम्पनीले मंसिर २२ गतेदेखि सुर्खेतको विरेन्द्रनगरबाट आफ्नो सेवा दिने जानकारी दिएको हो।

यसअघि कर्णाली प्रदेशको प्रादेशिक निर्देशनालय नेपालगंजको कारकाँदो स्थित कम्पनीको भवनमा रहेको थियो।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको उपस्थितीमा नेपाल टेलिकमले आफ्नो प्रादेशिक निर्देशनालय अब दूरसञ्चार कार्यालय सुर्खेत रहेको स्थानमा स्थानान्तरण भई सबै कार्यहरु सोही स्थानबाट सम्पादन हुने जानकारी गराएको हो।

नयाँ कार्यालयमार्फत कर्णाली प्रदेशको काम कारबाही छिटो छरितो हुने टेलिकमले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार