
काठमाडौं ।
अमेरिकी अधिकारीहरुले चिनियाँ चिप निर्माता एसएमआईसीलाई सामग्र निर्यातमा रोक लगाउनेबारे छलफल गरिरहेका छन्।
चिनियाँ चिप निर्माता कम्पनी एसएमआईसीलाई गम्भीर अमेरिकी प्रविधि किन्ने नियामक बाटाहरु बन्द गर्ने उक्त प्रस्ताव केही समयअघि अमेरिकी रक्षा विभागले ल्याएको वाल स्ट्रीट जर्नलले लेखेको छ।
व्यावसायिक विभागका केही अधिकारीहरु भने रक्षा विभागको यो प्रस्तावलाई रोक्ने प्रयास गरिरहेका वाल स्ट्रीट जर्नलले लेखेको छ।
सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प एसएमआईसीलाई अमेरिकाले गत वर्ष कालोसूचीमा राखेको थियो।
यो सूचीमा परेपछि कम्पनीले अमेरिकी आपूर्तिकर्ताबाट अत्याधुनिक निर्माण उपकरण प्राप्त गर्न सक्दैन। कालोसूचीमा पर्ने कम्पनीको सम्बन्ध चीनको सेनासँग रहेको अमेरिकाको बुझाइ छ।
चीनको सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिप निर्माता एसएमआईसीले भने यसका बारेमा कुनै टिप्पणी दिएको छैन।
आउँदा महिनाहरुमा अमेरिकी अधिकारीहरुले अन्य चिनियाँ प्रविधि कम्पनीहरुलाई कालोसूचीमा राख्ने योजना बनाइरहेको जर्नलले जनाएको छ।
प्रकाशित: २५ मंसिर २०७८, शनिबार