
काठमाडौं ।
नेपाल टेलिकमको सिस्टम आज मंसिर २४ गते राती एक घण्टासम्म अबरुद्ध हुने भएको छ।
कम्पनीले आफ्नो बिलिङ्ग सिस्टमको नियमित मर्मत सम्भार कार्य गर्ने भएसँगै मंसिर २४ गते राती ११ः३० बजेदेखि करिब एक घण्टा प्याकेजमा आधारित सबै सेवाहरु र भोलुम सेवाहरु अवरुद्ध हुनसक्ने जानकारी गराएको छ।
टेलिकमका रिचार्ज प्याकेज सब्सक्रिप्सन, ब्यालेन्स जानकारी लगायतका सेवाहरु केहि समय अवरुद्ध हुनसक्ने तर अन्य सेवाहरु भने सुचारु हुने जानकारी गराएको हो।
प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार