एप्पलको एआर हेडसेटको ताैल ३०० ग्राम हुने, ह्यान्ड ट्र्याकिङ फिचर रहने

  • Technology Khabar | २४ मंसिर २०७८, शुक्रबार
एप्पलको एआर हेडसेटको ताैल ३०० ग्राम हुने, ह्यान्ड ट्र्याकिङ फिचर रहने

काठमाडौं ।

एप्पलले ल्याउन लागेको एआर अग्मेन्टेड रियालिटी हेडसेटको तोल जम्मा ३०० ग्राम हुने बुझिएको छ।

एप्पलका विश्लेषक मिङ चि कुओले हालै चर्चामा रहेको उक्त हेडसेटका बारेमा आफ्नो प्रक्षेपण शेयर गरेका छन्।

कुओका अनुसार यो डिभाइस बढीमा ३०० देखि ४०० ग्राम तोलको हुनेछ जुन यसखाले डिभाइसका क्षेत्रमा निकै हलुको हो। यसबाहेक यो हेडसेटमा एम१ चिपसेट रहने उनले उल्लेख गरेका छन्।

सामान्यताया एआर ग्लासहरु यूजर इन्टरफेसका माध्यमबाट प्रयोगकर्ताको हाउभाउमा निर्भर गर्ने भएकाले यसमा केही अत्याधुनिक ट्र्याकिङ सफ्टवेयरहरु पनि हुन्छन्।

विश्लेषक कुओले यसमा कम्पनीले टाइम अफ फ्लाइट तथा स्ट्रक्चर्ड लाइट सेन्सर प्रयोग गर्ने आकलन गरेका छन्।

यसबाहेक सफ्टवेयर हातको हाउभाउको स्पष्टता सुधार्नका लागि डाइनामिक डिटेलमा परिवर्तन आएको थाहा पाउने फिचर पनि रहनेछ।

प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार