वनप्लस आफ्नो पहिलो ट्याब्लेटमा काम गर्दै, वनप्लस प्याड २०२२ को अर्धवार्षिकमा आउने

  • Technology Khabar | २४ मंसिर २०७८, शुक्रबार
वनप्लस आफ्नो पहिलो ट्याब्लेटमा काम गर्दै, वनप्लस प्याड २०२२ को अर्धवार्षिकमा आउने

काठमाडौं ।

वनप्लसले आफ्नो पहिलो ट्याब्लेटमा काम गरिरहेको छ, जसलाई सम्भवतः वनप्लस प्याड नाममा बजारमा ल्याउने छ। यो उत्पादनले कम्पनीको पोर्टफोलियोलाई विस्तार गर्नेछ, जसमा अब स्मार्टफोनसँगै टिभी, अडियो उत्पादनहरू र वेयरेबल वस्तुहरू समावेश छन्।

वनप्लस प्याड ठूलो मात्रामा अर्को वर्षको पहिलो आधामा सुरु हुने अपेक्षा गरिएको छ। यसले ट्याब्लेट खण्डमा कम्पनीको प्रवेशको रूपमा चिन्ह लगाउनेछ। वनप्लसले पहिले नै स्मार्टफोनहरू भन्दा बाहिरको यात्रा गरिसकेको छ र यसको आफ्नै दायरा स्मार्ट टिभीहरू, अडियो उत्पादनहरू जस्तै ट्रु वायर्स स्टेरियो इयरबडहरू र वायरलेस हेडफोनहरू लन्च गरेको छ। वेयरेबल खण्डमा वनप्लस वाच पनि अनावरण गरिसकेको छ।

यो नयाँ लीकले सुझाव दिन्छ कि वनप्लस अब आफ्नो पहिलो ट्याब्लेट अनावरण गर्न खोजिरहेको छ। यद्यपि, यो वनप्लस १० स्मार्टफोन दायरासँग नआउने भनिएको छ, जुन २०२२ को सुरुमा अनावरण हुने अपेक्षा गरिएको छ।

९१ मोबाइल्सले दिएको रिपोर्टअनुसार वनप्लस प्याड नामक ट्याब्लेट २०२२ को पहिलो अर्धवार्षिकमा सबैभन्दा पहिले भारतमा लन्च हुने कुरा लीक गरेको छ। रिपोर्टकाअनुसार यसको चीनमा धेरै मोडलहरू पाउन सक्ने दाबी गरिएको छ तर भारतीय बजारले तीमध्ये एउटा मात्रै पाउने सम्भावना छ।

वनप्लसले जनवरी ५ मा सिईएस २०२२ मा लस भेगासमा भौतिक लन्च कार्यक्रम आयोजना गर्न सक्छ। यद्यपि चिनियाँ टेक दिग्गजले इभेन्टमा कुन उपकरणहरू लन्च गर्नेछ भनेर पुष्टि गरिएको छैन्, तर वनप्लस १० सिरिज अनावरण हुनसक्ने अनुमान छ।

प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार