
काठमाडौं ।
दक्षिण अस्ट्रेलियाले अन्तरिक्ष निर्माण हबसँग सम्बन्धित अस्ट्रेलियन स्पेस पार्कका लागि २ करोड अस्ट्रेलियन डलर लगानी गर्ने भएको छ।
यो दक्षिण अस्ट्रेलियाली सरकारले अन्तरिक्ष निर्माण कम्पनीहरुको समूह फ्लीट स्पेस टेक्नोलोजिज, क्यू-सीटीआरएल, एटीस्पेस तथा अलाउदा एरोनोटिक्ससँगको साझेदारीमा विकास गर्ने उक्त हबका लागि २ करोड डलर लगानी गर्ने भएको हो।
यी सबै कम्पनीले साना स्याटेलाइट, रकेट, इलेक्ट्रिकल भीटीओएल अर्थात् भर्टिकल टेकअफ एन्ड ल्यान्ड भेहिकल बनाउने तथा साथमा कम्पोनेन्ट्री तथा प्राविधिक सिस्टमलाई सहयोग गर्ने बुझिएको छ।
‘अस्ट्रेलियन स्पेस पार्कको सिर्जना नै दक्षिण अस्ट्रेलिया तथा अस्ट्रेलियन अन्तरिक्ष क्षेत्रको अनुसन्धान तथा विकास र उत्पादनको प्रोटोटाइपका बीचको खाडल पुर्ने हाम्रो हाम्रो प्रतिबद्धता हो’,साउथ अस्ट्रेलियन प्रिमियर स्टेभन मार्शलले भने।
यो परियोजनामा फ्लीट स्पेस टेक्नोलोजिज तथा क्यू-सीटीआरएल तथा एटीस्पेसजस्ता हस्ती कम्पनीहरुले दक्षिण अस्ट्रेलियाली सरकारसँग सहकार्य गर्नु खुशीको कुरा भएको उनले बताए।
यो सहकार्यले दक्षिण अस्ट्रेलियाको उपस्थिति न्यूसाउथवेल्सभन्दा परसम्म पुर्याउने र स्याटेलाइट तथा रकेट निर्माताहरुको आवश्यकता पूरा गर्न अन्तरिक्ष भ्यालु चेनको विकास गर्न सहयोग गर्ने विचार पनि व्यक्त गरे।
उता क्यू-सीटीआरएलले भने उक्त हबको प्रयोग कम्पनीको क्वान्टम प्रविधि प्रयोग गरेर नयाँ प्रकारको स्याटेलाइट बनाउनमा सहयोगीसिद्ध हुने बताएको छ।
प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार