स्न्यापड्रागन ८ जेन १ को जीपीयू प्रदर्शन एप्पलको ए१५ बायोनिक सरह

  • Technology Khabar | २३ मंसिर २०७८, बिहीबार
स्न्यापड्रागन ८ जेन १ को जीपीयू प्रदर्शन एप्पलको ए१५ बायोनिक सरह

काठमाडौं ।

क्वालकमले हालै सार्वजनिक गरेको फ्ल्यागशिप स्न्यापड्रागन ८ जेन १ प्रोसेसरको जीपीयू प्रदर्शन एप्पलको ए१५ बायोनिकसरह रहेको पाइएको छ।

हालै गरिएको शुरुवाती बेन्चमार्क परीक्षणमा यी दुई अमेरिकी कम्पनीको प्रोसेसरको जीपीयूको कार्यक्षमता उस्तै रहेको पाइएको हो।

एप्पलले ए१५ बायोनिक चिप गत सेप्टेम्बरमा आईफोन १३ लाइनअपका लागि सार्वजनिक गरेको थियो भने क्वालकमले ८ जेन १ सार्वजनिक गरेको धेरै भएको छैन। दुवै चिपमा एड्रेनो जीपीयू रहेको र दुवैको कार्यक्षमता उस्तै पाइएको हालैक बेन्चमार्क परीक्षणबाट खुलेको हो।

चर्चित टिप्स्टर आइसयूनिभर्सले दुईओटा स्क्रीनशट सामाजिक सञ्जालमा शेयर गर्दै एप्पलको ए१५ बायोनिक तथा क्वालकमको स्न्यापड्रागन ८ जेन १ ले कसरी विभिन्न बेन्चमार्क नतिजाहरु प्रदर्शन गरिरहेका छन् भन्ने बयान गरेका छन्।

जीएफएक्स टी रेक्स अफस्क्रीन टेस्टमा यी दुईमा राखिएको जीपीयूको कार्यक्षमतामा कुनै उल्लेख्य भिन्नता पाइएको छैन।

तर म्यानहाटन अफस्क्रीन ३.० टेस्टमा भने ८ जेन १ले २६७ फ्रेम पाएको थियो जुन एप्पलको चिपको भन्दा २४ प्रतिशत बढी हो।

यसैगरी थ्रीडीमार्क वाइल्ड द्याइफ अनलिमिटेड रनमा भने स्न्यापड्रागन ८ जेन १ ले एप्पलको ए१५ बायोनिकको भन्द १२ प्रतिशत कम  स्कोर पाएको थियो।

क्वालकमको चिपले एप्पलको हार्डवेयरसँग प्रतिस्पर्धा गरेको र प्रोसेसिङ पावरका क्षेत्रमा उछिनेको यो पहिलो पटक हो। तर अझ थुप्रै परीक्षणहरु बाँकी रहेकाले एप्पलले आफ्नो विरासत कायम राख्छ वा स्न्यापड्रागनले नै इतिहास बनाउँछ भन्ने अहिले नै यकिन गर्न भने सकिँदैन।

प्रकाशित: २३ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार