विश्वभरका उपभोक्ताले सन् २०२१ मा मोबाइल एपमा कति खर्च गरे? हेर्नुहोस् तथ्याङ्क

  • Technology Khabar | २३ मंसिर २०७८, बिहीबार
विश्वभरका उपभोक्ताले सन् २०२१ मा मोबाइल एपमा कति खर्च गरे? हेर्नुहोस् तथ्याङ्क

काठमाडौं ।

सन् २०२१ विश्वका मोबाइल प्रयोगकर्ताले एपहरुमा मात्रै १३३ अर्ब डलर खर्च गरेको तथ्याङ्कले देखाएको छ।

सन् २०२१ अन्त्यतर्फ आइरहँदा विगत १२ महिनामा विश्वभरमा भएका विविध घटनाक्रम र विकासहरुको अपडेट पछ्याउने क्रममा मोबाइल एपको क्षेत्रमा विश्वभरमा उक्त परिमाणको धनराशी खर्च भएको पाइएको हो।

अनुसन्धान संस्था सेन्सर टावरले हालै प्रकाशित गरेको मोबाइल एपमा भएको खर्चसम्बन्धी वार्षिक प्रतिवेदनले एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा गरी विश्वभरका मानिसहरुले अघिल्लो वर्षको तुलनामा बढी खर्च गरेको प्रवृत्ति देखिएको छ।

यो वर्ष मोबाइल एपमा खर्च भएको धनराशी १३३ अर्ब डलर पुगेको र यो आँकडा गत वर्ष खर्च भएको १११.१ अर्ब डलरको तुलनामा २० प्रतिशत बढी रहेको पनि पुस्टि भएको छ।

यो तथ्याङ्क २०२१ को जनवरी १ देखि डिसेम्बर ३१ सम्मको प्रस्तावित खर्चमा आधारित भएर निकालिएको सेन्सर टावरलाई उद्धृत गर्दै जीएसएमएरिनाले जनाएको छ।

एप्पलको एप स्टोरका एपहरु ८५.१ अर्ब डलर बराबरका बिक्री भएका छन् भने यो आँकडा गत वर्षको भन्दा १७.७ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै गुगल प्लेस्टोरले ४७.९ अर्ब डलर बराबरको एप बिक्री गरेर दोस्रो स्थानमा आएको छ। यो आँकडा आफ्नै गत वर्षको कारोबारका तुलनामा २३.५ प्रतिशतले बढी भएको बुझिएको छ।

अपरेटिङ सिस्टमका हिसाबले तुलनात्मक रुपमा हेर्दा आईओएस एपहरु गुगल प्लेको तलनामा १.८ प्रतिशत बढी बिक्री भएका छन्।

यो १२ महिनामा दुवै आईओएस र एन्ड्रोइड प्लेटफर्ममा एप इन्स्टलको मात्रा ०.५ प्रतिशतले बढेको पाइएको छ भने गुगल प्लेबाट १११.३ अर्ब तथा आईओएसबाट ३२.३ अरब पटक एपहरु डाउनलोड गरिएका छन्।

दुवै प्लेटफर्ममा सबैभन्दा बढी डाउनलोड हुन सफल एप टिकटक बनेको छ। त्यसपछि फेसबुक, इन्स्टाग्राम ह्वाट्सएप मेसेन्जर टेलिग्राम स्न्यापच्याट जूम क्यापकट तथा स्पोटीफाइले उत्कृष्ट १० मा स्थान बनाउन सफल भएका छन्।

प्रकाशित: २३ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार