ईयूको प्रतिस्पर्धा विरोधी नियामकद्वारा माइक्रोसफ्ट-नुआन्स सम्झाैतामाथि अध्ययन जारी

  • Technology Khabar | २३ मंसिर २०७८, बिहीबार
ईयूको प्रतिस्पर्धा विरोधी नियामकद्वारा माइक्रोसफ्ट-नुआन्स सम्झाैतामाथि अध्ययन जारी

काठमाडौं ।

यूरोपियन यूनियनको प्रतिस्पर्धाविरोधी नियामकले माइक्रोसफ्ट कर्पले १६ अर्ब डलरमा नुआन्स किनेको बारे चासो देखाएको छ।

माइक्रोसफ्टले केही समयअघि ट्रान्सक्रिप्सन टेक्नोलोजी कम्पनी नुआन्स कम्युनिकेशन्स इंकको स्वामित्व लिएकोमा नियामकले यसका उपभोक्ता र प्रतिस्पर्धीलाई प्रश्नावलीका माध्यमबाट आफ्ना गुनासा भए व्यक्त गर्न आग्रह गरेको थियो।

प्रतिस्पर्धाविरोधी नियामकले कुनै पनि कम्पनीको स्वामित्व लिनेबारेमा यति धेरै चासो लिएको यो पहिलो पटक भएको बुझिएको छ। यसबारेमा माइक्रोसफ्ट वा नुआन्स कसैले पनि टिप्पणी नगरेको रोयटर्सले बताएको छ।

केही सामान्य समीक्षापछि अमेरिकी न्याय विभागले गत जुनमा तथा अस्ट्रेलियन कम्पिटिशन कमिशनले अक्टोबरमा आफूहरुले उक्त सम्झोताका अनुमोदन नगर्ने बताएका थिए।

उता ती दुई कम्पनीले भने यूरोपियन यूनियनमा अनुमोदनका लागि गत महिना आवेदन दिएका थिए। उक्त अनुमोदन प्रस्तावको फैसला नियामकले आगामी डिसेम्बर २१ सम्म गरिसक्नु पर्ने रोयटर्सले उल्लेख गरेको छ।

यी दुई कम्पनीले आफूहरुबीचको सम्झाैताको यसै वर्षको अन्त्यसम्म टुंगो लागिसक्ने अपेक्षा गरे पनि समय अझै लम्बिने देखिएको छ।

नियामकले उपभोक्ता र अन्य प्रतिस्पर्धीलाई सोधेको प्रश्नावलीमा यी दुवै कम्पनी एक-आपसका प्रतिस्पर्धी भएकाले सम्झोताले उपभोक्ता र प्रतिस्पर्धीलाई नकारात्मक असर त पर्दैन? भन्ने तथ्यमा जोड दिइएको थियो।

प्रकाशित: २३ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार