चीनले आफ्नो टेलिस्कोप ‘लामोस्ट’ लाई नयाँ स्थानमा सार्ने

  • Technology Khabar | २३ मंसिर २०७८, बिहीबार
चीनले आफ्नो टेलिस्कोप ‘लामोस्ट’ लाई नयाँ स्थानमा सार्ने

काठमाडौं ।

चीनको एक अग्रणी अप्टिकल टेलिस्कोप परियोजना लार्ज स्काई एरिया मल्टि अब्जेक्ट फाइबर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप (छोटकरीमा लामोस्ट भनेर चिनिने LAMOST) लाई चीनले नयाँ स्थानमा स्थानान्तरण गर्ने भएको छ।

राम्रो प्रदर्शन र स्पष्ट खगोलीय अवलोकनको लागि उत्तरी प्रान्त हेबेईबाट उत्तरपश्चिमको छिङहाइमा सार्ने भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

गुओ शौजिङ भनिने सो टेलिस्कोप उच्च गुणस्तरको स्पेक्ट्रा सङ्कलन गर्न सन् २००८ मा सञ्चालनमा आएको थियो। यसले उच्च गुणस्तरको स्पेक्ट्राका साथ  डाटाको महत्त्वपूर्ण सङ्कलन समेत गर्दछ जसले खगोलविद्हरूलाई खगोलीय पिण्डहरूको रासायनिक संरचना, घनत्व, वायुमण्डल र चुम्बकत्व अध्ययन गर्न मद्दत गर्छ।

स्थानान्तरण परियोजनाका लागि करिब एक वर्ष लाग्ने अपेक्षा गरिएको छ र छिङहाईको हाइक्सी मङ्गोलियन तथा तिब्बती स्वायत्त प्रिफेक्चरमा रहेको लेन्घु टाउनमा टेलिस्कोप थप निर्माण गर्न थप चार वर्ष लाग्नेछ।

लामोस्टको सञ्चालन र विकास केन्द्रका कार्यकारी उपनिर्देशक र राष्ट्रिय खगोलीय वेधशालाका एक शोधकर्ता झाओ योङहेङका अनुसार लामोस्ट अवस्थित हुने लेन्घु टाउनको सेर्टेङ पर्वत क्षेत्रमा राती सफा आकाश हुन्छ भने खगोलीय दृश्यहरूका लागि उत्कृष्ट छ। सो स्थानमा कम वायुमण्डलीय गडबडी र प्रकाश प्रदूषण भएको बताईएको छ।

चीनको पहिलो प्रमुख खगोल विज्ञान विज्ञान परियोजनाहरूले देशलाई अहिलेसम्मको सबैभन्दा ठूलो स्टेलर ब्ल्याक होल र सबैभन्दा लिथियम युक्त विशाल तारा पत्ता लगाउन मद्दत गरेको छ। यसले ग्यालेक्टिक इभोलुसनको अध्ययनको लागि आधारभूत डाटा प्रदान गर्दै लाखौं ताराहरूको उमेर पनि प्राप्त गरेको छ।

प्रकाशित: २३ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार