अध्यागमनमा भएको भेदभावसम्बन्धी न्याय विभाग र माइक्रोसफ्टबीचको विवाद टुंगोमा

  • Technology Khabar | २३ मंसिर २०७८, बिहीबार
अध्यागमनमा भएको भेदभावसम्बन्धी न्याय विभाग र माइक्रोसफ्टबीचको विवाद टुंगोमा

काठमाडौं ।

अमेरिकी न्याय विभागले मंगलबार आफूहरु माइक्रोसफ्ट कर्पसँगको एउटा मुद्दाको टुंगोमा पुगेको बताएको छ।

विभागले माइक्रोसफ्टमाथि गैर अमेरिकी नागरिकलाई काममा नियुक्त गर्ने क्रममा भेदभाव गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।

माइक्रोसफ्टले जागिरका लागि आवेदन दिएकाहरुसँग अनावश्यक अध्यागमनसम्बन्धी कागजात माग गरेको आरोप लगाइएको थियो। कम्पनीले यसो गर्नुमा छनोटमा परेका कर्मचारीले वर्क भिसाका लागि प्रायोजनबिना नै काम गर्न सकुन् भन्ने रहेको विभागले जनाएको छ।

विभागले एउटा अनुसन्धानका क्रममा माइक्रोसफ्टले अध्यागमनका हिसाबले कम्तीमा ६ जना स्थायी बासिन्दामाथि स्थायी बासिन्दा पत्र देखाउन भन्दै भेदभाव र दुर्व्यवहार गरेको पाएको उल्लेख गरेको छ।

हाल दुवै पक्षबीच हुनलागेको मिलापत्रमा माइक्रोसफ्टले अमेरिकी नीति मानेको सुनिश्चित हुनेगरी आफ्नो कर्मचारी नियुक्ति प्रक्रियामा संशोधन गर्नेछ। उक्त नीतिअन्तर्गत आवश्यक नपरी कुनै पनि कर्मचारीसँग कागजात माग्न नपाइने प्रावधान रहेको न्याय विभागले जनाएको छ।

‘हामी दशाैं हजारलाई जागिरका लागि योग्य भए नभएको परीक्षण गर्छैं र गल्तीले केहीसँग थप कागजात मागिएको हो’, माइक्रोसफ्टका प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले आफूहरुले यस्ता गल्ती दोहोर्याउन नहुने, यसलाई समाधान प्रयास भइरहेको र आन्तरिक सुधार आफ्नो नीतिप्रतिको प्रतिबद्धताको पाटो भएङ्को पनि उल्लेख गरे।

प्रकाशित: २३ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै

  • Technology Khabar
  • २३ मंसिर २०७८, बिहीबार