फिलिप्सद्वारा एन्ड्रोइड तथा ह्वावे मिडिया सर्भिससहितको पीएच२ स्मार्टफोन चीनमा सार्वजनिक

  • Technology Khabar | २३ मंसिर २०७८, बिहीबार
फिलिप्सद्वारा एन्ड्रोइड तथा ह्वावे मिडिया सर्भिससहितको पीएच२ स्मार्टफोन चीनमा सार्वजनिक

काठमाडौं ।

जापानी इलेक्ट्रोनिक्स कम्पनी फिलिप्सले चीनमा हालै एन्ड्रोइड तथा ह्वावे मिडिया सर्भिससहितको पीएच२ स्मार्टफोन सार्वजनिक गरेको छ।

कुनै प्रचार प्रसारबिना सार्वजनिक गरिएको यो स्मार्टफोन चीनमा सस्तो एन्ड्रोइड फोनका रुपमा आएको छ भने यसको मूल्य जेडी.कम ८०० चिनियाँ यूआन अर्थात् लगभग १२५ डलर तोकिएको छ।

यो डिभाइसमा ६.२ इन्चको एचडी+ रेजोल्युशन रहने तथा अगाडि ५ मेगापिक्सेलको नच सेल्फी क्यामरा दिइनेछ। यसको पछाडिपट्टि म्याट फिनिशसहितको शिशाले बनेको छ।

फोटोका लागि पछाडि १३ मेगापिक्सेलको मुख्यसहित डुअल क्यामरा सेट अप रहनेछ। यसलाई पावर दिनका लागि ३९००० एमएएचको ब्याट्री, भित्र टाइगर टी३१० चिपसेट, क्वाडकोर सीपीयूका साथमा ४ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरीका साथमा उपलब्ध हुने बताइएको छ।

प्रकाशित: २३ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार