पठाओको जीवन रक्षा कार्यक्रम, तिन सय ट्याक्सी ड्राइभरलाई स्वास्थ्य प्रशिक्षण

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
पठाओको जीवन रक्षा कार्यक्रम, तिन सय ट्याक्सी ड्राइभरलाई स्वास्थ्य प्रशिक्षण

काठमाडौं ।

स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड शेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’ कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर)हरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ।
करिब तीन सय जना क्याप्टेनलाई प्राथमकि उपचार र घाइते अथवा विरामीलाई अस्पताल लग्दा अपनाउनु पर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् ।
क्याप्टेनहरुलाई जीवन रक्षकका रुपमा स्वास्थका कुरामा अझ सम्वेदनशील बनाउन कार्यक्रम गरिएको हमालको भनाइ छ ।
”काठमाडौं उपत्यकामा अस्पताल पुग्नको लागि यात्रुहरुको पहिलो रोजाइ ट्याक्सी नै पर्ने गरेको छ। फेरि दुर्घटना लगायत कतिपय अवस्थामा बिरामीलाई गाडिमा राख्ने तरिका नमिल्दा झन् जटिल अवस्था हुन सक्छ।’ हमाल थप्छिन्, “हामीसँग भएका स्वतन्त्र साझेदारहरूमा दोस्रो ठूलो संख्या पनि ट्याक्सीको नै छ। यसैले क्याप्टेनहरुलाई स्वास्थ सम्वेदनशीलता प्रति सजग गराउनु हाम्रो पनि कर्तव्य ठानेर तालिम आयोजना गरिएको हो ।’
तालिममा विरामी वा घाइते यात्रु भएको बेला कस्तो प्रकारको सावधानी अपनाउने र कस्तो प्रकारको प्राथमिक उपचार दिने लगायतको विषय समावेस गरिएको बताइएको छ। अनुभवी र यसै क्षेत्रसँग काम गरिरहेका त्रीवी शिक्षण अस्पतालका डाक्टर तथा इमर्जेन्सी हेल्थकेयर प्रोफेसनलद्वारा तालिम सन्चालन गरिएको बताइएको छ।
पठाओ नेपालको उद्देश्य भनेको सडकहरूमा प्राथमिक उपचार सहयोगीहरूको उपलब्धता बढाउनु भएको हमाल बताउँछिन् ।

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार