
काठमाडौं ।
केही दिनयता नेपालबाट पुच्छ्रेतारा अर्थात् धूमकेतु देखिन थालेको छ।
उक्त धूमकेतु बिहान ५ बजेतिरबाट सूर्य उदाउनु अघिसम्म देखिने गरेको खगोलविदको भनाइ छ।
यो तारा नेपाली आकाशमा यही शनिबारसम्म देखिने र सबैभन्दा प्रष्ट भने भोलि अर्थात् बिहीबार बिहान देखिने बताइएको छ।
यो धूमकेतुलाई प्रस्टसँग नियाल्न दूरबिन र टेलिस्कोपको सहायता लिनुपर्ने तर बिहीबार बिहान भने पृथ्वीनजिक आउने हुनाले खुला आँखाले पनि हेर्न भने सकिने खगोलविद् जयन्त आचार्य बताउँछन्।
उनका अनुसार हाल आधा घण्टा जति देखिने धूमकेतुलाई ‘लियोनार्ड’ नाम दिइएको छ। यो तारा आउँदो पाैष १९ गते सूर्यको नजिक पुग्ने र त्यसपछि भने दूरबिनलगायत कुनै पनि उपकरणले नदेखिने पनि बुझिएको छ।
यस्तै प्रकारको धूमकेतु गत वर्षको वैशाखमा नेपाली आकाशमा देखिएको थियो भने उक्त धूमकेतुको नाम ‘कमेट २०२० स्वान’ राखिएको थियो।
प्रकाशित: २२ मंसिर २०७८, बुधबार