के.एफ.सी.को तेह्रौं शाखा हेटौंडामा

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
के.एफ.सी.को तेह्रौं शाखा हेटौंडामा

काठमाडौं ।

अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा तेह्रौं शाखा बिस्तार गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नं २, चौकीटोल स्थित भाटभटेनी भाट–भटेनी डिपार्टमेन्टल स्टोरको प्रङ्गणमा खोलिएको के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ।

यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेन परिकारहरुसहित बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ।

के.एफ.सी.ले आफ्ना ग्राहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ। जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ ।

के.एफ.सी.का कर्मचारीहरुले हरेक गा्रहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् । हरेक ग्राहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ ।

१८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४४ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान ९ बजे बाट रातको ८ः३० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ ।

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार