नेपाल टेलिकमकी पूर्व प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको सबै रिट खारेज

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
नेपाल टेलिकमकी पूर्व प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको सबै रिट खारेज
तत्कालिन सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटासँग नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी । फाइल फोटो

काठमाडौं ।

नेपाल टेलिकमकी पूर्व प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्च अदालतमा दर्ता गरेको तीन वटै रिट खारेज भएको छ। उनले २०७५ साल भदौ १ गते पहिलो पटक दर्ता गरेको रिट मुद्दासहित सबै मुद्दाहरु सर्वोच्चले मंसिर २१ गते मंगलबार खारेज गरिदिएको हो।

तीन वर्षका लागि टेलिकमकी प्रबन्धकमा नियुक्त भएकी कामिनीलाई तत्कालिन केपी शर्मा ओली सरकारले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै समयावधि अगाडि नै हटाएको थियो। त्यसबेला सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा थिए।

सम्बन्धित समाचार-

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई किन हटाईयो पदबाट, यस्ता छन् मुख्य कारणहरु

उनले सरकारको सोही निर्णय विरुद्ध सर्वोच्चमा तीन वटा मुद्दा दायर गरेकी थिइन् ।उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय काठमाडौ समेतलाई विपक्षी बनाएर मुद्दा हालेकी थिईन्।

सम्बन्धित समाचार-

टेलिकम प्रबन्ध निर्देशक कामिनीको मुद्धामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्विकार

सर्वोच्चका न्यायाधिशद्धय ईश्वरप्रसाद खतिवडा र नहकुल सुबेदीको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो।

उनले पहिलो मुद्दा भदौमा दर्ता गरेसँगै कात्तिक १ गते र माघ १ मारिट दायर गरेकी थिईन्। त्यसबेला आफूलाई सरकारले राम्रो कार्यसम्पादन गर्दा गर्दै हटाएको भनेर मुद्दा दायर गरेकी थिईन्।

त्यसपछि सरकारले उनलाई हटाएर वर्तमान प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई प्रतिस्पर्धामार्फत नियुक्त गरेको थियो।

सरकारले आज बुधबार हालका प्रबन्ध निर्देशक अधिकारीको समयावधी सकिन लागेको भन्दै नयाँ प्रबन्ध निर्देशकको लागि दरखास्त माग गरेको छ।

यो पनि हेर्नुस्-

बढेको पोल भाडा दर समायोजन गर्न समितिको सुझाब, केबुल टिभी सेवा प्रदायकहरुलाई सहुलियत

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २२ मंसिर २०७८, बुधबार