वेबोको शेयर हङकङको एक्सचेन्जमा पनि खस्कियो

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
वेबोको शेयर हङकङको एक्सचेन्जमा पनि खस्कियो

काठमाडौं ।

चिनियाँ सोसल मिडिया जायन्ट वेबो कर्पको शेयर कारोबार बुधबार जारी मूल्यभन्दा ७.२ प्रतिशत कम मूल्यमा कारोबार भएको छ।

यससँगै यो कम्पनी अमेरिकी स्टक बजारमा सूचीकृत भएर नजिकैको द्वितीयक बजारमा शेयर जारी गर्ने पछिल्लो संस्था पनि बनेको छ।

वेबोले अमेरिकाको न्यूयोर्क एक्सचेन्जको सूचीमा असफल भएसँगै हङकङको बजारमा सूचीकृत हुन आएको हो।

अमेरिकाले चिनियाँ कम्पनीहरुमाथि नियमनकारी कडाइ तथा चिनियाँ अधिकारीहरुको दबाबका बीच अमेरिकामा सूचीकृत चिनियाँ कम्पनीहरुको शेयरमा केही समययता यस्तै हविगत देखिएको छ।

हङकङको सूचीकरणका लागि साढे ३८ करोड डलर उठाएको कम्पनीको शेयरको शुरुवात २५ करोड ६२ लाख तथा कारोबार समाप्तिमा २५ करोड ३२ लाख हङकङ डलर पुगेको थियो।

द्वितीय बजार सूचीकरणमा यसको प्रत्येक शेयरको मूल्य २७२.८ हङकङ डलर तोकिएको र उक्त मूल्यमा १ करोड १० लाख शेयर बिक्री भएका थिए।

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २२ मंसिर २०७८, बुधबार