आईफोन १३ को उत्पादन होलिडे सिजनमा २० प्रतिशतले घट्यो: रिपोर्ट

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
आईफोन १३ को उत्पादन होलिडे सिजनमा २० प्रतिशतले घट्यो: रिपोर्ट

काठमाडौं ।

अमेरिकी प्रविधि कम्पनी एप्पलको फ्ल्यागशिप आईफोन १३ स्मार्टफोनको उत्पादन सेप्टेम्बरदेखि अक्टोबरसम्ममा २० प्रतिशतले घटेको बुझिएको छ।

निक्केईले सम्बद्ध स्रोतलाई उद्धृत गर्दै बुधबार निकालेको एक रिपोर्ट अनुसार कम्पनीले प्रक्षेपण गरेकोभन्दा  आईफोन १३ को उत्पादनमा २० प्रतिशतको कमी आएको हो।

होलिडे क्वार्टरका रुपमा मानिने यो त्रैमासमा क्रिशमसअगाडि मानिसहरुले उपहारका लागि विभिन्न डिभाइसहरु किन्ने भएकाले कम्पनीका लागि निकै फलदायी समय मानिन्छ।

तर गत सेप्टेम्बरमा आईफोन १२ रेन्ज तथा नयाँ आईप्याड सार्वजनिक भएपछि वैश्विक चिप अभाव तथा आपूर्ति श्रृङ्खलाले एप्पलमाथि पनि नकारात्मक प्रभाव पार्यो।

एप्पलका सीईओले गत अक्टोबरमा रोयटर्सलाई होलिडे सेल्स त्रैमासका बेला आपूर्ति श्रृंखलाको चुनोति अझ बढ्ने बताएका थिए।

निक्केईका अनुसार अक्टोबरमा एक दशक पहिलो पटक आईफोन तथा आईप्याड एसेम्ब्ली थुप्रै दिनका लागि बन्द गर्नुपरेको थियो।

सेप्टेम्बरदेखि अक्टोबरसम्म आईप्याड एसेम्ब्लीमा पनि अझ प्रभाव पर्यो र ५० प्रतिशतभन्दा कम उत्पादन भयो भने आईफोनको उत्पादन पनि २५ प्रतिशतले घटेको थियो।

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २२ मंसिर २०७८, बुधबार