
काठमाडौं ।
अस्ट्रेलियाले क्रिप्टोकरेन्सी एक्सचेन्जलाई इजाजत प्रदान गर्ने हिसाबले नयाँ कानून प्रस्ताव गरेको छ।
यो प्रस्तावसँगै अस्ट्रेलियाले प्रतिदिन ४६३ अर्ब डलरको कारोबार हुने केन्द्रीय बैंकमा डिजिटल मुद्रा रिटेल सेवा शुरु गर्ने पनि योजना बनाएको छ।
अस्ट्रेलियाले एप्पल, गुगलजस्ता अनालाइन कारोबार प्रदायक र आफ्टरपे लिमिटेडजस्ता बाइ नाउ पे लेटर – बीएनपीएल सेवा प्रदायकहरुलाई समेत समावेश गर्ने हिसाबले आफ्नो भुक्तानी कानूनलाई अझ फराकिलो पनि गर्ने भएको छ।
‘हामीले हालको फ्रेमवर्कलाई सुधार गरेनाैं भने भविष्यमा सिलिकन भ्यालीले हाम्रो भुक्तानी प्रणाली तोक्नेछ’, कोषाध्यक्ष जस फ्राइडेनबर्गले आफ्नो मन्तव्यमा भने। उनले अस्ट्रेलियाले आफ्नो भुक्तानी प्रणालीमा संप्रभुता कायम गर्नपर्नेमा जोड दिए।
अस्ट्रेलियाको परम्परागत सरकारले आफूला विश्वका ठूला प्रविधि कम्पनीका अगाडि आफूलाई उभ्याएको र भारत तथा चीनमा जस्तो नयाँ प्रविधियुक्त डिजिटल मुद्रालाई आपराधिक नाम नदिएकोले समय अनुसार चल्न खोजेको देखिने रोयटर्सले जनाएको छ।
सरकारी तथ्याङ्कअनुसार देशमा साढे ५ करोड गैर नगद भुक्तानी हुने आँकडा छ। क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी गर्नेहरुको सङ्ख्या पनिप यो वर्ष ६३ प्रतिशत बढेको पाइएको छ।
प्रकाशित: २२ मंसिर २०७८, बुधबार