
काठमाडौं ।
अमेरिकी चिप कम्पनी क्वालकमले आफ्नो स्न्यापड्रागन ८ जेन१ चिपसेटको आंशिक उत्पादन ताइवानको टीएसएमसीबाट गर्ने बताएको छ।
कम्पनीले यो चिप सामसङको ४ एनएम फाउन्ड्रीबाट उत्पादन गराउँदै आएकामा उत्पादनसम्बन्धी केही समस्य देखा परेकाले टीएसएमसीतिर सर्न लागेको बुझिएको छ।
उद्योगको आन्तरिक स्रोतका अनुसार क्वालकम सामसङको उत्पादनदेखि त्यति सन्तुष्ट नभएको र आवश्यक सबै प्रकारका चिप उत्पादन गर्न पनि असमर्थ रहेकाले बाँकी रहेका उत्पादनका काम टीएसएमसीले लिने भएको हो।
तर केहीले भने यसबाट चिपसेटको एकरुपतामा असर पर्ने बताइरहेका छन्।
उर्जा र आकारका हिसाबले टीएसएमसीको उत्पादन प्रक्रिया सामसङको भन्दा निकै भरपर्दो रहेको बताइन्छ। यसअघि एप्पलको ए९ प्रोसेसर उत्पादनका बेलामा झैं सामसङलाई टीएसएमसीले उत्पादनमा उछिन्ने निश्चित रहेको छ।
प्रकाशित: २२ मंसिर २०७८, बुधबार