सामसङ र टेक्नोले सहकार्यमा आरजीबीडब्लू क्यामरा सेन्सर बनाउँदै

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
सामसङ र टेक्नोले सहकार्यमा आरजीबीडब्लू क्यामरा सेन्सर बनाउँदै

काठमाडौं ।

टेक्नो मोबाइल र सामसङ मिलेर नयाँ आरजीबीडब्लू क्यामरा सेन्सर बनाउने भएका छन्।

टेक्नोले हालै एउटा वेबिनार आयोजना गर्दै आफूले सामसङसँगको सहकार्यमा भविष्यमा आउने फोनहरुका लागि यस प्रकारको क्यामरा सेन्सर विकासमा लागिरहेको जानकारी दिएको हो।

उक्त नयाँ ६४ मेगापिक्सेलको सेन्सरले रातो, हरियो र नीलो लहरमा सेतो सब-पिक्सेल थप्ने र यसले प्रकाश सम्वेदनशीलतालाई सुधार गरेर कम प्रकाशयुक्त स्थानका लागि उपयुक्त हुने बताइएको छ। यो क्यामरा सेन्सर टेक्नोको सन् २०२२ मा आउने स्मार्टफोनमा आउनसक्ने आकलन गरिएको छ।

सोनी ह्वावे भिभो तथा ओपो सबैले विगतमा आरजीबीडब्लू सेन्सर परीक्षण गरिसकेका छन् भने ह्वावेका फ्ल्यागशिप फोनमा यसको नतिजा राम्रो पाइएको थियो। सामसङले आफ्नो नयाँ सेन्सरका माध्यमबाट कम प्रकाशमा राम्रो फोटो निकाल्ने लहरमा नेतृत्व गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार