एनआईबिएल एस क्यापिटलको च्याटबट सेवा सञ्चालन

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार
एनआईबिएल एस क्यापिटलको च्याटबट सेवा सञ्चालन

काठमाडौं ।

एनआईबिएल एस क्यापिटलले आफ्नाग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै च्याटबट सेवा सञ्चालन गरेको छ। समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरुको आवश्यकतालाई ध्यानमा राखी च्याटबट सेवा ल्याइएको क्यापिटलले बताएको छ।

यस च्याटबट सेवाबाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलै सँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सहज हुन सक्नेमा एनआईबिएल एस क्यापिटल विश्वस्त रहेको छ।

परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार