विभिन्न कार्यक्रमसहित भिभोले नेपालमा चौथो वार्षिकोत्सव मनाउँदै

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार
विभिन्न कार्यक्रमसहित भिभोले नेपालमा चौथो वार्षिकोत्सव मनाउँदै

काठमाडौं ।

विश्व प्रसिद्ध प्राविधिक ब्राण्ड भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ। यस वर्षका कार्यक्रमहरु विगत वर्षहरुको भन्दा ठूलो र आकर्षक रुपमा मनाइने बताएको छ।

भिभोले यस वर्ष आफ्ना सहयोगी र ग्राहकहरुबाट अझ बढी सहयोगको अपेक्षा सहित कोसेढुङ्गाको रुपमा मनाउने सन्दर्भमा सवैलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको छ। भिभोले सवैको ममताले गर्दा स्मार्टफोन उद्योगमा नयाँ उचाइमा पुग्ने विश्वास लिएको छ।

चार बर्षको अवधिमा भिभोले नेपालको स्मार्टफोन बजारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ र अत्यधिक बिक्री हुने ब्राण्डमा आफ्नो स्थान बनाएको छ । आफ्नो बार्षिकोत्सवको अवसरलाई अझ स्मरणीय बनाउन नयाँ स्मार्टफोन ग्राहकहरु समक्ष ल्याउनेछ । यसका अतिरिक्त “सेल्स कार्निभल” को रुपमा मनाउँदै आफ्ना ग्राहकहरुलाई उत्साहप्रद र उल्लेखनीय पुरस्कारद्वारा सम्मानित गर्नेछ।

सेल्स कार्निभल १५ डिसेम्बर २०२१ बाट शुरु भई ५ जनवरी २०२२ सम्म संचालन हुनेछ । त्यस अवधिमा भिभो ह्याण्डसेट खरीद गर्ने ग्राहकले ‘लक्की ड्र’ मा सहभागी हुन सक्नेछन् र लक्की ड्रमा ठूलै पुरस्कार पाइने कम्पनीले उल्लेख गरेको छ ।

त्यस अवसरमा भिभोले अति विशेष खालको इभेण्टको आयोजना चार बर्षको अन्तरालमा उल्लेखनीय जमघट गर्नेछ र त्यसमा सेलिब्रिटीहरु र प्रभावशाली व्यक्तित्वहरु सहभागी हुनेछन् । यी बर्षहरुमा पाएको अपार माया र साथको लागि कम्पनी कृतज्ञता ज्ञापन गर्दै सामुदायिक गतिविधिमा पनि संलग्न रहेको छ।

कम्पनीले आफ्नो सेवा स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने र प्रविधिको गुणस्तर बढाउने उद्देश्य लिएको छ। साथै थप मौलिक उत्पादनमा समेत सक्रिय रहने छ।

भिभो नेपालका ब्राण्ड मेनेजर पियुष गिरीले भने, “नेपालमा यति उपलव्धि पूर्णरुपमा ४ वर्षको सेवा आश्चार्यजनकढंगले वितेको छ, किन भने शुरुका वर्ष कम्पनीका लागि निकै चुनौतिपूर्ण थियो । तर ग्राहकहरुको हामी प्रतिको विश्वास र मायाले हामीलाई सेवा विस्तार गर्न सहयोग पुग्यो , त्यसका लागि ग्राहकहरु प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दर्छौ । हामीलाई विश्वास छ प्रारम्भ हुन लागेको सेल्स कार्निभल विगतको तुलनामा अझ भव्यरुपमा सम्पन्न हुनेछ।”

विगत वर्षमा ग्राहकहरुबाट सकारात्मक एवं उत्साहप्रद समर्थनबाट उत्साहित भएको भन्दै यस पल्टको सेल्स कार्निभल अझ भव्य हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार