ह्वावेले आफैंले विकास गरेको फाइभजी चिप छिट्टै सार्वजनिक गर्ने

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आफैंले विकास गरेको फाइभजी चिपसेट छिट्टै सार्वजनिक गर्ने संकेत देखिएको छ।

गत वर्षदेखि अमेरिकाले ह्वावेमाथि प्रतिबन्ध लगाएपछि उसले कुनै पनि अमेरिकी कम्पनीसँग फाइभजी वा फाइभजीसँग सम्बन्धित कुनै उपकरण/प्रविधि किन्न पाउँदैन।

यसबाहेक अमेरिकी प्रविधि प्रयोग गरेर स्थापना भएका अमेरिकाबाहिरका कम्पनीहरुबाट पनि यस्ता प्रविधि किन्न ह्वावेमाथि प्रतिबन्ध छ। यसले कम्पनीको फाइभजी किरिन चिपसेट तथा सम्पूर्ण स्मार्टफोन व्यवसायलाई नै असर पारेको छ।

केही दिनअघि ह्वावेको केन्द्रीय तथा पूर्वी यूरोप, उत्तरी यूरोप तथा क्यानडाका कन्जुमर बिजनेसका प्रमुख डेरेक यूले पत्रकारहरुलाई अन्तरवार्ता दिँदै कम्पनीले विशेषगरी फोल्डेबल फ्ल्यागशिप फोनमा लगानी गर्ने बताएका थिए।

त्यसै क्रममा उनले शांघाइ आरएन्डडी सेन्टरले फाइभजी चिपका बारेमा अध्ययन गरिरहेको र ह्वावेका फोनमा छिट्टै फाइभजी सपोर्ट पुन: शुरु हुने बताएका हुन्।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया