काठमाडौं ।
आफूलाई बिटक्वाइनका सर्जक दावी गर्ने एक कम्प्युटर वैज्ञानिकले ५० अर्ब डलर बराबरको मुद्दा जितेका छन्।
सोमबार आफ्ना मृत व्यवसाय साझेदारको सम्पत्ति नागरिक सुनुवाइमा पेश गरिएका ती व्यक्तिले आफूलाई बिटक्वाइन सम्पत्तिको आधा अर्थात् ५० अर्ब डलरभन्दा बढी रकम बराबरको बिटक्वाइन दिइनुपर्ने दावी गरेका हुन्।
हालै अदालतबाट आएको फैसलाले क्रेग राइट नामका ती व्यक्तिले विवादमा रहेको ११ लाख बिटक्वाइन सबै उनले नै राख्न पाउने अधिकार दिएको छ।
सन् २०१३ मा मृत्यु भएका डेभिड क्लेमन नामका व्यक्ति राइटका मित्र तथा साझेदार रहेका र उनले बिटक्वाइन आफू र राइट मिलेर सिर्जना गरेको दावी गरेका थिए।
राइटले फैसलामार्फत् पाएको ११ लाख बिटक्वाइनमध्ये कसैलाई केही हिस्सा तिर्नु नपर्ने तर १० करोड डलर भने क्लेमन र राइट आफैंले स्थापना गरेको डब्लूएन्डके इन्फर्मेशन डिफेन्स रिसर्च नामक कम्पनीको बाैद्धिक सम्पत्ति विना कुने शुल्क वा अनुमति चलाएकामा जरिबानास्वरुप तिर्नुपर्नेछ।
आफू छद्म नाम सातोशी नाकामोतो भएको विट्कवाइनका वास्तविक सर्जक भएको राइटले दावी गरेका छन्। हालैको फैसलाबाट पाएको ११ लाख बिटक्वाइनमा सबैभन्दा पहिले माइन गरिएको बिटक्वाइन पनि समावेश भएको विज्ञहरुले बताएका छन्।
उनीहरुका अनुसार बिटक्वाइन माइनिङमा शुरुदेखि संलग्न व्यक्तिले मात्र बिटक्वाइनको ५४ अर्ब डलर बराबरको पुँजीमा पहुँच राख्न सक्ने पनि बताए।
यो फैसलाका क्रममा नाकामोतो भन्ने व्यक्ति नाटकीय रहेको र यसअघि न्यूजविक, द न्यूयोर्कर तथा वायर्डलाई पनि उनीहरुले तत्कालीन अवस्थामा राइट नै नाकामोतो भएको आफ्नो दावीमा अडिग रहन पनि भनिएको छ।
सुनुवाइका क्रममा नाकामोतोको पहिचानबारे प्रस्ट नपारिएको दुवै पक्षको कुरा सुन्दा राइट नै पूर्ण वा आंशिक रुपमा बिटक्वाइनको सर्जक रहेको पाइएको छ।
प्रकाशित: २१ मंसिर २०७८, मंगलवार