अब ह्वाट्सएप च्याट ९० दिनपछि आफैं डिलिट हुने सेटिङ गर्न सकिने

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार

काठमाडौं ।

ह्वाट्सएपमा अब आफ्ना कुराकानी ९० दिनपछि आफैं हराएर जानेगरी सेटिङ गर्न मिल्ने भएको छ।

कम्पनीले गत वर्षको नोभेम्बरमा डिस्अपियरिङ मेसेजेज नामक फिचर शुरुवात गरेको थियो जस अन्तर्गत च्याट हिस्ट्री ७ दिनपछि स्वत डिलिट हुने गर्दथ्यो।

त्यसको एक वर्षपछि कम्पनीले उक्त आफैं च्याट डिलिट हुने समयावधि बढाएको छ। यसमार्फत् अब यूजरले ७ दिनको समयावधिको सट्टा २४ घण्टापछि वा ९० दिनपछि डिलिट हुनेगरी विकल्प छान्न सकिने बनाएको हो।

त्यसबाहेक ह्वाट्सएप यूजरले अब सबै व्यक्तिगत च्याट स्वत: डिस्अपियरिङ मेसेज फिचर सेटिङ गर्नसक्ने विकल्प पनि पाउने भएका छन्।

यसअघि यो प्रक्रिया आफैंले चाहेको बेला इनेबल गर्नुपर्ने प्रावधान थियो।

हाल उक्त मेसेज डिलिट हुने विकल्पलाई डिफल्ट बनाएपछि एपले यूजरको च्याटमा उक्त मेसेज यति समयमा आफैं डिलिट हुनेछ भन्ने नोटिफिकेशन दिने बताइएको छ।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया