म्यानमारमा ‘घृणा मन्तव्य’ को आरोपमा रोहिङ्ग्याद्वारा फेसबुकमाथि १५० अर्ब डलर जरिबाना माग

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार

काठमाडौं ।

अमेरिका तथा बेलायतका दर्जनो शरणार्थीहरुले रोहिङ्ग्याहरु विरुद्ध घृणा मन्तव्य फैलाउन सहयोग गरेको आरोपमा फेसबुकमाथि मुद्दा दायर गरेका छन्।

उजुरीकर्ताहरुले फेसबुकविमाथि अल्पसङ्ख्यक विरुद्धको हिंसालाई प्रबर्द्धन गरेको भन्दै १५० अर्ब डलर जरिबानाको माग गरेका छन्।

सन् २०१७ मा लगभग १० हजार रोहिङ्ग्या मुस्लिमहरु म्यानमारमा सैनिक शासनका क्रममा मारिएका थिए।

हाल मेटा भनिने फेसबुकले भने उजुरीकर्ताहरुको आरोपमाथि कुनै प्रतिक्रिया जनाएको छैन।

उजुरीकर्ताहरुले फेसबुकमाथि ‘वर्षैदेखि घृणायुक्त तथा खतराजनक मिथ्या जानकारी फैलाएको’ आरोप लगाएका छन्। बेलायतमा एउटा स्थानीय ल फर्मले रोहिङ्ग्याहरुको प्रतिनिधित्व गर्दै फेसबुकलाई चिठी पनि लेखेको बीबीसीले जनाएको छ।

उक्त पत्रमा फेसबुकको अल्गोरिदमले रोहिङ्ग्याहरु विरुद्ध घृणा मन्तव्य फैलाएको, फेसबुकले म्यानमारको राजनीतिक अवस्थाबारे जानकार मोडरेटर तथा तथ्य जाँचकीहरुको व्यवस्था गर्नमा चुकेको, रोहिङ्यामाथि घृणा मन्तव्ययुक्त पोस्ट तथा एकाउन्ट डिलिट नगरेको तथा विभिन्न सञ्चारमाध्यम र च्यारिटी संस्थाहरुको खबरदारीपछि पनि उपयुक्त र समयमै कदम चाल्न नसकेको लगायतका आरोप लगाइएको छ।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया