ओपोद्वारा आफ्ना थुप्रै डिभाइसका लागि कलरओएस स्टेबल भर्सनको रोडम्याप जारी

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार

काठमाडौं ।

शुरुवाती बिटा रोलआउटपछि ओपोले कलरओएस १२ को स्टेबल भर्सनको रोडम्याप सार्वजनिक गरेको छ।

९टू५गुगलका अनुसार यो रोडम्याप केही क्षेत्रहरुमा एन्ड्रोइड १२ मा आधारित भएर निकालिएको हो।

हालसम्म एन्ड्रोइड १२ को स्टेबल भर्सन अपडेट पाउने ओपोको एक मात्र स्मार्टफोन फाइन्ड एक्स३ प्रो हो। अब भने विश्वभरमा रहेका ओपोका फ्ल्यागशिप फोनहरुमा बिटा चरणपछि स्टेबल भर्सन अपडेट आउन थालेका छन्।

एक्सडीए डेभलपरका अनुसार यो डिसेम्बर महिनाको अन्त्यसम्म थप ४ डिभाइसमा एन्ड्रोइड १२ को स्टेबल भर्सन अपडेट हुने र ३ नयाँ डिभाइसमा यसको बिटा भर्सन उपलब्ध हुनेछ।

यसको मतलब ओपोले यो वर्षको अन्त्यसम्ममा समग्रमा ८ ओटा डिभाइसहरुमा एन्ड्रोइड १२को अत्याधुनिक भर्सनको अपडेट दिनेछ।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया