काठमाडौं ।
आईफोन १३ लाइनअप, नयाँ एप्पल सिलिकन-संचालित म्याकहरू, र अन्य उत्पादन तथा सेवाहरुको घोषणा गर्दै एप्पलको २०२१ मा व्यस्त वर्ष थियो। सन् २०२२ लाई हेर्दा, कम्पनीबाट अझै धेरै आशा गर्न बाँकी छ।
ब्लूमबर्गका मार्क गुर्मनले उनको पावर अन न्यूजलेटरको पछिल्लो संस्करणमा, नयाँ वर्षमा एप्पलले अनावरण गर्ने अपेक्षा गरेको सबै कुराको बारेमा जानकारी दिएको ९ टू ५ म्याकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
न्युजलेटरमा, गुर्मनले २०२२ मा एप्पलबाट के अपेक्षा गर्ने भन्ने बारे पहिले नै रिपोर्ट गरिएको धेरै कुरालाई पुष्टि गर्दछ। उल्लेखनीय रूपमा, उनले अझै पनि एप्पलले वायरलेस चार्जिङको लागि सपोर्टसहितको नयाँ आईप्याड प्रो डिजाइनको योजना बनाएको बताएका छन्, साथै लोअर लेभलको आईप्याड एयर र एन्ट्री-लेभल आईप्याडमा अपडेटहरू आउनेछन्।
रिपोर्टअनुसार एप्पल २०२२ को लागि पुन: डिजाइन गरिएको म्याकबुक एयर काम गरिहेको समेत गुर्मन बताउँछन्। साथमा “एप्पल सिलिकनका साथ सुधारिएको, हाइ इण्डको आईम्याक समेत हुनेछ। त्यहाँ नयाँ इन्ट्रि लेभलको म्याकबुक प्रो, नयाँ म्याक प्रो, र अर्को वर्षको लागि नयाँ म्याक मिनी पनि छ।
एप्पल वाचको लागी, गुर्मनले तीनवटा नयाँ मोडेलको अपेक्षा गर्दछन्, जसमा अपडेट गरिएको एप्पल वाच एसई, एक अपडेटेड स्ट्याण्डर्ड मोडेल, र “एक्स्ट्रिम खेलकुद खेलाडीहरुलाई लक्षित गरी रहेको रग्ड संस्करण” समावेश छ।
“सन् २०२१ एप्पलका उत्पादन अपडेटहरूका लागि सामान्य वर्ष थियो, तर म २०२२ मा नयाँ उत्पादनहरूको फराकिलो दायराको अपेक्षा गर्छु।” गुर्मन भन्छन्। गुर्मनका अनुसार २०२२ मा एप्पलबाट आशा गर्न सकिने डिभाइसमा एप्पल एसईको ५जीसहितको नयाँ मोडेल समेत हुनेछ।
गुर्मनलाई यसअघिको जानकारी र विश्लेषणको आधारमा एप्पलको डिभाइसहरुको बारेमा भरपर्दो र विश्वासिलो अनुमानकर्ता तथा भविश्यावेत्ता भनेर चिनिएको छ। त्यसैले उनको अधिकांश अनुमान सहि भएको हुँदा यस पटक पनि उनको जानकारी सहि हुनसक्ने बताईएको छ।
प्रकाशित: २१ मंसिर २०७८, मंगलवार