विश्वव्यापी सेमिकन्डक्टर बिक्रीले २०२१ मा उच्च रेकर्ड कायम गर्ने

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार

काठमाडौं ।

सेमीकन्डक्टर उद्योग संघ (एसआइए) को अनुसार, सेमिकन्डक्टरहरूको विश्वव्यापी बिक्री २०२१ मा ५५३ अर्ब डलरको उच्च रेकर्डमा पुगेको छ।

भर्खरै जारी गरिएको उद्योग पूर्वानुमानलाई उद्धृत गर्दै संघकाअनुसार वार्षिक रूपमा यस क्षेत्रमा २५.६ प्रतिशत बढेर तयार भएको जनाएको छ।

सन् २०२२ मा, सेमीकन्डक्टर अर्थात अर्धचालकको विश्वव्यापी बजार वार्षिक बिक्री ६०१.५ अर्ब डलर पुग्न ८.८ प्रतिशतको मध्यम वृद्धि हासिल गर्ने अनुमान गरिएको संघले संकेत गरेको छ।

सेमिकन्डक्टर बिक्री अक्टोबर २०२१ मा ४८.८ अर्ब अमेरिकी डलरमा आएको छ, अक्टोबर २०२० को कुल ३९.४ बिलियन अमेरिकी डलरको तुलनामा यसमा २४ प्रतिशतले वृद्धि भएको छ र सेप्टेम्बर २०२१ को कुल ४८.३ बिलियन अमेरिकी डलरको तुलनामा १.१ प्रतिशतले बढी हो।

“अक्टोबरमा विश्वव्यापी सेमीकन्डक्टरको माग उच्च रह्यो, सबै प्रमुख क्षेत्रीय बजारहरूमा वर्षिक दरमा बिक्री बढ्दै गएको छ,” संघका अध्यक्ष र सीईओ जोन न्युफरले भने।

क्षेत्रीय रूपमा, सबै प्रमुख क्षेत्रीय बजारहरूमा वार्षिकरुपमा र मासिकरुपमा बिक्री बढेको तथ्यांकमा देखिएको छ । जसअनुसार अमेरिकामा (२९.२ प्रतिशत वार्षिक, २.६ प्रतिशत मासिक), युरोप (२७.३ प्रतिशत वार्षिक, २.८ प्रतिशत मासिक), जापान (२३.७ प्रतिशत वार्षिक, १.१ प्रतिशत मासिक), एशिया प्यासिफिक/सबै अन्य (२२.६ प्रतिशत वार्षिक, ०.२ प्रतिशत मासिक), र चीन (२१.१ प्रतिशत वार्षिक, ०.३ प्रतिशत मासिक) वृद्धिदर रहेको छ।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया