अलिबाबाद्वारा ई-कमर्सको व्यवस्थापनमा फेरबदल, सीएफओ पनि नयाँ आउने

  • Technology Khabar | २० मंसिर २०७८, सोमबार
अलिबाबाद्वारा ई-कमर्सको व्यवस्थापनमा फेरबदल, सीएफओ पनि नयाँ आउने

काठमाडौं ।

चिनियाँ ई-कमर्स जायन्ट अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले आफ्नो अन्तरराष्ट्रिय तथा स्थानीय ई-कमर्स व्यवसायलाई पुन: व्यवस्थित गर्न लागेको जनाएको छ।

कम्पनीले बढ्दो प्रतिस्पर्धा, सुस्त अर्थतन्त्र तथा नियामकको कडाइलाई मध्यनजर गर्दै आफ्ना सीएफओ अर्थात् मुख्य वित्तीय अधिकृत पनि परिवर्तन गर्ने जनाएको छ।

परिवर्तनका क्रममा कम्पनीले इन्टरनेशनल डिजिटल कमर्स तथा चाइना डिजिटल कमर्स गरी दुई ओटा इकाइ बनाउने भएको छ। यसको मुख्य उद्देश्य कम्पनी अझ द्रुत गतिका साथ व्यवसाय वृद्धि गर्नु रहेको बुझिएको छ।

यीमध्ये इन्टरनेशनल डिजिटल कमर्स यूनिटमा यूरोप र अमेरिकामा खुद्रा व्यापारीलाई सामान बेच्ने अलिएक्सप्रेस, कम्पनीले दक्षिणपूर्वी एसियाली ई-कमर्स व्यवसाय लजाडा तथा अलिबाबा डटकम समावेश हुनेछन् जो विशेषगरी समुद्रपारका ग्राहकहरुका लागि केन्द्रित हुनेछन्।

यो यूनिटको नेतृत्व हाल मुख्य चिनियाँ खुद्रा बजार हेरिरहेका जियान फानले गर्नेछन्। यो परिवर्तनबाट अलिबाबाले आफ्नो क्लाउड कम्प्युटिङ र स्थानीय उपभोक्ताको खर्च गर्ने तरिकाबाहेक ग्लोबलाइजेशनलाई केन्द्रमा राख्ने उद्देश्य लिएको बुझ्न सकिन्छ।

यसैगरी चाइना डिजिटल कमर्स यूनिटमा अलिबाबाका दुई मुख्य बजार टीमल टाओबाओ रहनेछन्। यीमध्ये टीमलले स्थापित ब्रान्डहरुमा केन्द्रित हुने र टाओबाओले सबै खालका व्यापारीहरुसँगको साझेदारीमा ध्यान दिने बताइएको छ।

नयाँ व्यवस्थापनले टाओकाईकाकाई, टाओबाओ डिल्स तथा लिङशाउटोङ लगायत चीनका सम्पूर्ण खुद्रा व्यवसायको प्रमुखमा दाइलाई नियुक्त गरेको छ ८६रिसर्च डटकमका विश्लेषक श्याओयान वाङले जानकारी दिएका छन्।

अलिबाबाले उप मुख्य वित्तीय अधिकृत टोबी शुलाई अप्रिलबाट हालका सीएफओ म्याग्गी वुलाई प्रतिस्थापन गर्ने बताएको छर शु ले अलिबाबामा काम गर्न थालेको ३ वर्ष भएको छ।

प्रकाशित: २० मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार