गुगल प्लेद्वारा २०२१ लागि उत्कृष्ट एप तथा गेमको सूची सार्वजनिक

  • Technology Khabar | २० मंसिर २०७८, सोमबार
गुगल प्लेद्वारा २०२१ लागि उत्कृष्ट एप तथा गेमको सूची सार्वजनिक

काठमाडौं ।

गुगल प्लेले सोमबार सन् २०२१ का लागि उत्कृष्ट गेम तथा एपहरुको सूची सार्वजनिक गरेको छ।

यो सूचीमा ट्याब्लेट, वेयर ओएस तथा गुगल टीभीका लागि फरक फरक एप तथा गेमहरु छुट्याइएका छन्।

गुगल प्लेले उक्त सूचीमा राखेका एप तथा गेमहरुको उत्कृष्टताको आधार ‘यो वर्षभरी संस्कृतिलाई सकारात्मक प्रभाव छोड्न सफल भएको’ लाई मानेको छ। यस हिसाबले यो वर्ष ध्यान र निन्द्रासँग समबन्धित ब्यालेन्स नामक एप उत्कृष्टमा पर्न सफल भएको छ।

यस्तै उत्कृष्ट गेममा पोकेमन युनाइट पर्न सफल भएको छ।

गुगल प्लेका यूजरहरुले पनि यो वर्षका लागि आफ्ना मनपर्ने एप तथा गेमहरु छानेका छन् जसमध्ये प्यारामाउन्ट प्लस यूजर्स च्वाइस एप तथा गारेना फ्री फायर म्याक्सले यूजर्स च्वाइस गेम बन्न सफल भएका छन्।

गुगल प्लेका अनुसार व्यक्तिगत विकासमा केन्द्रित एपहरु यो वर्ष पनि अघिल्लो वर्ष झैं उच्च मागमा रहे।

हास्यमूलक रिल्याक्सेसन एप लाफस्केप तथा ध्यान र निन्द्रसँग सम्बन्धित एप का:म उत्कृष्टका सूचीमा परेका छन्। एम्पथी, मेन्टर स्पेस ताथ स्पीचिफाइले ‘बेसुट एप फर गुड’ मा वर्चस्व कायम गरे।

प्रकाशित: २० मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार