फोटोज फोल्डर लक फिचर: अब एन्ड्रोइड फोनमा पनि अरुले फोटो हेर्न नसक्ने

  • Technology Khabar | २० मंसिर २०७८, सोमबार
फोटोज फोल्डर लक फिचर: अब एन्ड्रोइड फोनमा पनि अरुले फोटो हेर्न नसक्ने

काठमाडौं ।

अब एन्ड्रोइड प्रयोगकर्ताले पनि गुगल फोटोज लक फिचरमार्फत् आफ्ना फोटोहरु अरुलाई नदेखाउन सक्नेछन्। यसबाट उनीहरुको फोटो अरु कसैले हेर्न  दुरुपयोग गर्न बाट सुरक्षित हुने बताइएको छ।

गुगलले हालै सार्वजनिक गरेको गुगल फोटोज लक्ड फोल्डर फिचरमार्फत् फोटोज एपमा लक्ड फोल्डर सर्भिस पाउन सकिन्छ। यसले हाम्रा फोटो तथा भिडियोलाई अनावश्यक अरुको हातान पर्नबाट बचाउँछ।

गुगल फोटोज लक्ड फोल्डर फिचर विशेषगरी गत जुनमा नयाँ गुगल पिक्सेल फोनका लागि सार्वजनिक गरिएको थियो।

गुगलले पिक्सेल यूजरबाहेक अन्य एन्ड्रोइड यूजरका लागि लक्ड फोल्डर फिचर रोल आउट गर्न शुरू गरेको छ। गुगलले यसअघि गत सेप्टेम्बरमा नै योफ फिचर छिट्टै अन्य एन्ड्रोइड फोनका लागप उपलब्ध हुने घोषणा गरेको थियो। त्यसै अनुसार सामसङ तथा वनप्लसका  केही डिभाइसमा देख्न थालिएको छ।

एन्ड्रोइड ६.भर्सनका स्मार्टफोनमा चलाउन मिल्ने

जानकारी अनुसार फोनमा फोटो लक फोल्ड फिचर छिट्टै नै एन्ड्रोइड ६.० तथा त्यसमाथिको भर्सनमा उपलब्ध हुनेछ। यो फिचर आएपछि नोटिफिकेशनका माध्यमबाट यूजरलाई जानकारी दिइने बताइएको छ।

गुगल फोटो लक्ड फोल्डर एप्लिकेशनबाट फोटो तथा भिडियो लुकाउन सकिन्छ तर यिनीहरुको ब्याकअप भने लिइँदैन। यसबाहेक यी फोटोहरुलाई शेयर पनि गर्न सकिँदैन।

यी फोटोहरु एक्सेस गर्नका लागि डिभाइस स्क्रीन लकको आवश्यकता पर्छ। यूजरले यी लक गरिएका ‍फोल्डरमा भएका फोटोहरुको स्क्रीनशट पनि लिन पाउँदैनन्।

कसरी गर्ने प्रयोग?

गुगल लक फोल्डर प्रयोग गर्नका लागि आफ्नो गुगल फोटोज एपमा गएर त्यहाँको लाइब्रेरीभित्र रहेको यूटिलिटिजमा लक फोल्डरको अप्शन प्राप्त गर्न सकिन्छ। उक्त अप्शनमा गएर यूजरले आफ्ना लागि लक्ड फोल्डर सेट गर्नुपर्छ।

प्रकाशित: २० मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार