विश्वव्यापी चिपको अभाव अर्को वर्ष कम हुने क्वालकमका सीईओको अपेक्षा

  • Technology Khabar | २० मंसिर २०७८, सोमबार
विश्वव्यापी चिपको अभाव अर्को वर्ष कम हुने क्वालकमका सीईओको अपेक्षा

काठमाडौं ।

विश्वभरि धेरै उद्योगहरूमा चलिरहेको सेमीकन्डक्टर अभावको बीचमा, क्वालकमका सीईओ क्रिस्टियानो आमोनले केही जानकारी साझा गरेका छन्, जसले आशाको किरण देखाउँछ।

द इलेकको एक रिपोर्टअनुसार क्वालकमका सिईओ आमोनले विश्वव्यापी चिप अभाव कम हुँदै गरेको र अर्को वर्ष स्थिति सुधार हुने अपेक्षा गरिएको बताएका छन्।

“यस वर्ष २०२० को तुलनामा आपूर्तिमा सुधार आएको छ र सन् २०२२ मा स्थिति अझ राम्रो हुने अपेक्षा गरिएको छ, विशेष गरी २०२० को तुलनामा,” दक्षिण कोरियाबाट आएको रिपोर्टहरूमा आमोनले भने।

डिसेम्बर २ मा दिइएको भनाई इन्टेलका सीईओ प्याट गेल्सिन्जरले यसअघि जारी गरेको वक्तव्यको ठिक विपरीत आएको छ, जसले विश्वव्यापी चिपको अभाव सन् २०२३ सम्म जारी रहने अपेक्षा राखेका छन्।

उही समयमा, आर्मका सीईओ साइमन सेगर्सले अहिले भन्दा स्थिति अझ खराब हुने अपेक्षा गरिएको चेतावनी दिएका छन्।

सबै क्षेत्रमा चिपको अभावको कारण, स्मार्टफोन ब्रान्डहरूले आफ्नो डिभाइसहरूमा राख्न र बजारको माग पूरा गर्न पर्याप्त चिपहरू खरिद गर्न असमर्थ भएका छन्।

तर मिडियाटेक जस्ता केही चिप उत्पादकहरूले अभावले सिर्जना गरेको माग र आपूर्तिको अन्तरका कारण आफ्नो बजार सेयरमा वृद्धि भएको देखेका छन्। एजेन्सीहरुका साथ

प्रकाशित: २० मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार