ताइवान तेस्रो त्रैमासमा सबैभन्दा ठूलो सेमिकन्डक्टर बजार बन्न सफल

  • Technology Khabar | १९ मंसिर २०७८, आईतवार
ताइवान तेस्रो त्रैमासमा सबैभन्दा ठूलो सेमिकन्डक्टर बजार बन्न सफल

काठमाडौं ।

यो वर्षको तेस्रो त्रैमासमा विश्वको सेमिकन्डक्टर बजारका हिसाबले ताइवान शीर्ष स्थानमा रहेको छ।

विश्वव्यापी रुपमा सेमिकन्डक्टर उपकरणको आम्दानी त्रैमासका हिसाबले ८ प्रतिशतले बढेको छ भने वार्षिक रुपमा ३८ प्रतिशतले बढेको छ।

अनुसन्धान संस्था सेमीका अनुसार ताइवानले चिप उपकरणको वार्षिक रुपमा तेस्रो त्रैमासमा २६ अर्ब ८० करोड डलरको आम्दानी गरेको छ।

यो त्रैमास ताइवानका लागि कीर्तिमानी कमाइ भएको पाँचाैं लगातारको त्रैमास पनि बनेको छ।

सेमीका अनुसार ताइवानले यो त्रैमासमा सर्वाधिक ठूलो सेमिकन्डक्टर बजारका रुपमा चीनलाई उछिनेको हो।

यो त्रैमासमा ताइवानमा उपकरण बिक्रीबाट ७.३३ अर्ब डलरको आम्दानी गरेको थियो जुन चरणबद्ध रुपमा ४५ प्रतिशत तथा गत वर्षको तुलनामा ५४ प्रतिशतको वृद्धि भएको बुझिएको छ।

यस्तै चीनले भने उपकरण बजारमार्फत् सोही अवधिमा ७.२७ अर्ब डलरको मात्र कारोबार गर्न सकेको थियो। चीनको यो आँकडामा त्रैमासमा १२ प्रतिशतले कम तथा वार्षिक हिसाबले भने २९ प्रतिशतले वृद्धि हो।

यसै सिलसिलामा कोरियाले गत वर्षको भन्दा ३२ प्रतशितले कारोबार वृद्धि गरेको छ भने त्रैमासकि हिसाबले १६ प्रतिशत गुमाएर ५.५८ अर्ब डलरको कारोबार गरेको छ।

यस हिसाबले कोरिया यो सूचीमा तेस्रो नम्बरमा पर्न आएको सेमीले जनाएको छ।

उत्तर कोरिया तथा यूरोप ६७ र ५० प्रतिशतको बजार वृद्धिसहित यो सूचीमा क्रमश: चाैथो र पाँचाैं स्थानमा रहेका छन्। जापानले भने ६ प्रतिशत बजार गुमाउँदै २.११ अर्ब डलरको मात्र कारोबार गर्न सकेको छ।

प्रकाशित: १९ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार