
काठमाडौं ।
ओपोले १५० वाट फास्ट चार्जिङ प्रविधि ल्याउने भएको छ।
केही समययता विशेषगरी एन्ड्रोइड निर्माताहरुका बीच चार्जिङ क्षमता अभिवृद्धिको होड चलिरहेको छ।
यसको सूचीमा चिनियाँ स्मार्टफोन जायन्ट शाओमी र ओपो अगाडि रहेका छन्। ओपोको भूक फ्ल्याश चार्जिङ प्रविधि सधैं चार्जिङ स्पीड र स्थायित्वका हिसाबले अब्बल रहँदै आएको छ।
ओपोले हालै चार्जिङका क्षेत्रमा अर्को नयाँ कोशेढुंगा पार गर्न लागेको छ। हालै ओपोले १५० वाटको फास्ट चार्जिङ प्रविधि ल्याउन लागेको डीसीएसले दावी गरेको छ। रिपोर्टहरुका अनुसार ओपो, वनप्लस तथा रियलमीका स्मार्टफोनहरुमा यो १५० वाट फास्ट चार्जिङ प्रविधि प्रयोग हुनेछ।
ओपोले यसका लागि आवश्यक डाटा केबल तथा १०ए सिस्टमको चार्जरको परीक्षण पनि गरिरहेको छ। यसको मतलब ओपोको १५० वाट फास्ट चार्जिङ प्रविधि विस्तारै माझिँदै गएको बुझ्न सकिन्छ। तर ओपोको १५० वाट प्रविधि आउँदै गर्दा उपभोक्तासम्म पुग्न भने समय लाग्ने बुझिएको छ।
प्रकाशित: १९ मंसिर २०७८, आईतवार