टीएसएमसीद्वारा अत्याधुनिक थ्री एनएम प्रक्रिया प्रविधिको पाइलट उत्पादन सुरु

  • Technology Khabar | १८ मंसिर २०७८, शनिबार
टीएसएमसीद्वारा अत्याधुनिक थ्री एनएम प्रक्रिया प्रविधिको पाइलट उत्पादन सुरु

काठमाडौं ।

चिप निर्माता टीएसएमसीले स्पष्ट रूपमा यसको अत्याधुनिक थ्री एनएम प्रक्रिया प्रविधिको पाइलट उत्पादन सुरु गरेको छ। कम्पनीले अर्को जेनेरेसनका चिपहरूको लागि अर्को चौथो क्वाटरमा भोल्युम उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ।

जसको मतलब ३ नानोमिटर प्रक्रियाले २०२३ आईफोन र म्याकहरुलाई पनि पावर गर्न सक्छ।

टीएसएमसीले दक्षिणी ताइवानको आफ्नो फ्याब १८ मा एन३ (अर्थात् थ्री एनएम प्रक्रिया प्रविधि) प्रयोग गरी निर्मित चिप्सको पाइलट उत्पादन सुरु गरेको हो। उद्योग स्रोतहरूका अनुसार २०२२ को चौथो क्वाटरमा यो प्रक्रियालाई बृहत उत्पादनमा लैजानेछ।

यसको अर्थ हामी २०२३ मा कुपर्टिनोमा आधारित जायन्टका उत्पादनहरू लन्च हुने अपेक्षा गर्न सक्छौं जसमा यो प्रविधिको फिचर हुनेछ।

यसमा नयाँ म्याक पीसीहरूको साथमा २०२३ आईफोन समावेश हुन सक्छ। जबकि प्रारम्भिक अफवाहहरूले यसअघि नै आईफोन १४ श्रृंखलामा नयाँ थ्रीएनएम आधारित ए सिरिजका चिपहरू हुन सक्ने संकेत गरेको थियो । यद्यपि हालैका रिपोर्टहरूले आईफोन १४ श्रृंखलामा नयाँ चिपसेट नहुने खुलासा गरेको छ।

किनकी चिपसेट निर्माताले अझै पनि उत्पादनमा अवरोध भोगेको र ढिलाई भईरहेको छ। त्यसैले चिपसेटमा अहिलेकै ५ एनएम प्रक्रिया प्रविधि फिचर गर्न सक्छ।

स्मरणरहोस अहिलेका आईफोन १३ सिरिजमा प्रयोग भएको ए१४ का साथै हालै लन्च गरिएको एम १ सिरिजका म्याक चिपसेटहरु सबै ५ एनएम प्रकृयामा आधारित छन्।

प्रकाशित: १८ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...