
काठमाडौं ।
अर्बपति इलन मस्कको रकेट कम्पनी स्पेसएक्सको स्याटेलाइट इन्टरनेट डिभिजन स्टारलिंकले भारतमा ब्रोडब्यान्ड र अन्य सेवाहरू प्रदान गर्नको लागि व्यावसायिक इजाजतपत्र प्रकृयाका लागि अर्को वर्षको सुरुमा आवेदन दिने बताएको छ।
कम्पनीका भारतीय प्रमुखले अनुमति पत्र लिने बारेमा सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको रोयटर्सले रिपोर्ट गरेको छ।
“हामीले ३१ जनवरी २०२२ मा वा त्यो भन्दा पहिले व्यावसायिक इजाजतपत्रको लागि आवेदन दिने आशा गर्दछौं (जबसम्म हामीले केही प्रमुख अवरोधहरू झेल्ने छैनौं),” सञ्जय भार्गव स्टारलिंकका इण्डिया कन्ट्री डाइरेक्टरले लिंक्डइन पोष्टमा भने।
यदि कम्पनीले अप्रिलसम्ममा आफ्नो सेवाहरू रोल आउट गर्न सकेको खण्डमा यसले डिसेम्बर २०२२ सम्ममा भारतमा २ लाख स्टारलिङ्क डिभाइसहरू उपलब्ध गराउने लक्ष्य राखेको भार्गवद्वारा पोस्ट गरिएको प्रस्तुतीकरणमा भनिएको छ।
कम्पनीले यसअघि यी यन्त्रहरूमध्ये ८० प्रतिशत ग्रामीण क्षेत्रमा हुने अपेक्षा गरेको बताएको थियो।
स्टारलिङ्क संसारभरि कम-विलम्बता भएको ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्न लो अर्थ अर्बिट नेटवर्कको भागको रूपमा साना उपग्रहहरू प्रक्षेपण गर्ने कम्पनीहरू मध्ये एक हो, जसले दुर्गम क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गर्दैछ।
कम्पनीले यसअघि नै भारतमा ५ हजार भन्दा धेरै प्रिअर्डर प्राप्त गरिसकेको छ भने यसले कुनै सेवा शुरु गरेको छैन्।
यसअघि भारतीय सरकारले सो कम्पनीको सेवाले अनुमति नपाएको भन्दै ग्राहकहरुलाई सचेत गराएको थियो । त्यससँगै कम्पनीले हाल प्रिअर्डर लिन बन्द गरेको बताईएको छ।
प्रकाशित: १८ मंसिर २०७८, शनिबार