
काठमाडौं ।
नासाले सन् २०३० सम्ममा अन्तरराष्ट्रिय स्पेस स्टेशन आईएसएस लाई प्रतिस्थापन गर्ने योजना अनुरुप ब्लू ओरिजिन, नानोर्याक्स तथा नर्थर्प ग्रुमनलाई ४० करोड डलरभन्दा बढीको ठेक्का दिएको छ।
यो ठेक्का पुरानो आईएसएसलाई झिकेर नयाँ स्थापना गर्ने क्रममा खाली/अन्तर सिर्जना नहोस् भनेर निजी स्टेशनको योजनाका लागि प्रदान गरिएको बुझिएको छ।
यी तीन कम्पनीलाई नासाको व्यावसायिक लो अर्थ अर्बिट डेस्टिनेशन प्रोग्राम अन्तर्गत उक्त रकम बराबरको ठेक्का उपलब्ध गराइएको हो।
उक्त रकममध्ये नानोर्याक्सले १६ करोड, ब्लू ओरिजिनले १३ करोड तथा नर्थ्रप गर्मनले १२ करोड ५६ लाख डलर पाएका छन्।
नासाले यसका लागि आह्वान गरेकोमा ११ ओटा प्रस्ताव आएको कमर्सियल स्पेसफ्लाइटका निर्देशक फिल म्याकएलिस्टरले बिहीबार बताए।
उनले छानिएका यी तीन प्रस्तावमा प्राविधिक अवधारणाको विविधता रहेका र तिनमा लजिस्टिकल तथा लन्च भेहिकलका थुप्रै विकल्प पेश गरिएका पनि थपे। यो विविधताले नासाको रणनीतिको सफलतामात्र बढाउने नभइ उच्चस्तरको नवीनतातर्फ पनि डोहोर्याउने उनले बताए।
यी तीन कम्पनीले आफ्ना प्रस्तावका बारेमा जानकारी हरु सार्वजनि गरिसकेका छन्। जसमध्ये ब्ल ओरिजिनले आफ्नो अवधारणालाई अर्बिटल रीफको नाम दिएको छ भने बोइङ, सियरा स्पेस तथा अन्य कम्पनीसँगको साझेदारीमा बनाउने उल्लेख गरेको छ।
उक्त टिमले सन् २०२७ सम्ममा प्रक्षेपण गर्ने बुझिएको छ।
यस्तै नानोर्याक्सले आफ्नो मूल कम्पनी भोएजर स्पेस तथा लकहीड मार्टिनसँग मिलेर बनाउन लागेको परियोजनालाई स्टारल्याब नाम दिएको छ।
नर्थ्रपले भने आफ्नो प्रस्तावलाई सामान्य नाम मात्र दिएको छ भने उसले डाइनेटिक्ससँग मिलेर आफ्नो सिग्नस यानको डिजाइनमा आधारित भएर डिजाइन गरिरहेको टेकक्रन्चले उल्लेख गरेको छ।
प्रकाशित: १८ मंसिर २०७८, शनिबार