सफ्टवेरिकाका विद्यार्थीले सार्वजनिक गरे फोर ह्विलर मोबिलिटी व्हीलचेयर

  • Technology Khabar | १७ मंसिर २०७८, शुक्रबार
सफ्टवेरिकाका विद्यार्थीले सार्वजनिक गरे फोर ह्विलर मोबिलिटी व्हीलचेयर

काठमाडौं ।

अपाङ्गता दिवसको अवसरमा सफ्टवेरिका कलेजका विद्यार्थीको टोलीले असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै फोर ह्विलर मोबिलिटी व्हीलचेयर बनाएर सार्वजनिक गरेका छन् ।

विद्युतबाट चल्ने व्हीलचेयर एउटा गाडीमा हुने जस्तै सम्पुर्ण सुविधा रहेका छन् । विद्युतिय माध्यमबाट चल्ने यो गाडी फुल चार्जमा ३५ देखि ४० किलोमिटर सम्म गुड्नसक्छ।

त्यस्तै ४८ भोल्ट ब्याट्री भएको यो गाडी १७ किलोमिटर प्रति घण्टाको हिसाबले गुड्छ। व्हीलचेयर कच्चीबाटोमा समेत चलाउन सकिने बताइएको छ।

व्हीलचेयर राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा निर्माण गरिएको र सोको भविष्यमा बजारिकरण आविष्कार केन्द्रले गर्ने कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए। व्हीलचेयरको पेटेन्ट राइट राष्ट्रिय आविष्कार केन्द्र र कलेजको संयुक्त रहने बताइएको छ।

प्रयोगकर्ताले यो गाडी सहजै चलाउन सक्ने गरी यसको डिजाइन गरिएको छ । यस्तै यो गाडीलाई इन्टरनेटको सहायतामा मोबाइल एप्लिकेसनबाट पनि चलाउन सकिन्छ ।

सफ्टवेरिका कलेजका विद्यार्थी निराजन गौतम, गणेश अर्याल, आयुष काजी डङ्गोल, बिपस छन्त्याल, अल्बर्ट महर्जन, राज श्रेष्ठ र अनिस श्रेष्ठको टिमले व्हीलचेयर बनाएका हुन् ।

विद्यार्थ निराजन गौतमका अनुसार प्रयोगकर्ताले मोबाइल एपको प्रयोग गरेर गाडी चलाउने लगायत लोकेसन पत्ता लगाउने जस्ता फङसनमा काम गर्न सक्छन् । त्यस्तै यदि प्रयोगकर्ता कतै हराए वा उनको गाडी कतै गएर रोकियो भने सो एपले इमर्जेन्सीमा भएको नम्बरमा स्वतः प्रयोगकर्ताको लोकेसन पठाउँछ ।

इन्टरनेट नभएको अवस्थामा भने गाडीमा नै भएको इमर्जेन्सी बटनमा क्लिक गरेपछि प्रयोगकर्ताको लोकेसन म्यासेज स्वतस् इमर्जेन्सी कन्ट्याक्टमा राखिएको नम्बरमा जान्छ र सो म्यासेजमा क्लिक गर्ने बित्तिकै प्रयोगकर्ताको लोकेसन सो मोबाइलमा खुल्नेछ ।

असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै उनीहरू स्वतन्त्र रुपले हिँडडुल गर्न पाउन भन्ने उद्देश्य सहित यो गाडीको निर्माण गरिएको गौतमले बताए । यस गाडीले असक्त व्यक्तिहरूलाई हिँडडुल गर्न सहजता सँगै उनीहरूको यात्राको सुरक्षा पनि प्रत्याभुत गराएको उनको भनाई रहेको छ ।

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौको सफ्ट्वेरिका कलजे अफ आइटी एन्ड ईकमर्सले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि गत बर्ष इनोभेसन हब तयार गरेको थियो। विद्यार्थीले सोही इनोभेसन हवमा फोर ह्विलर मोबिलिटी व्हीलचेयर बनाएका हुन् ।

यसैबिच १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा आयोजना गरेको ‘नेपाल आईओटी च्यालेन्ज’ अन्तर्गत मङ्सिर १६, १७ र १८ गते प्रदर्शनी आयोजना भईरहेको छ ।

प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार