काठमाडौं ।
अनलाईन ठगी कार्यमा संलग्न एक ब्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पिडितको एनआईसी एसिया बैंकको खाताबाट यहि कात्तिक ७ गते आफ्नो खातामा रकम ट्रान्सफर गर्ने एक व्यक्तिलाई पक्राउ गरेको हो।
सो खाताबाट दिउँसो एक्कासी रु.५०,२००/- रकम अन्यत्रको खातामा ट्रान्सफर भएकोले उक्त रकम ट्रान्सफर गरी ठगी गर्ने ब्यक्तिलाई कारवाही गरी पाउँ भन्ने समेत ब्यहोराको जाहेरी दरखास्तको आधारमा प्रहरीले महोत्तरी सम्सी गाउँपालिका वडा नं. ६ घर भई हाल धनुषा जनकपुर मछलीबजार बस्ने १९ वर्षिय शेष फैसललाई पक्राउ गरेको हो।
महानगरिय अपराध महाशाखाका अनुसार प्रारम्भिक अनुसन्धान कार्य गर्दै जाँदा पीडितको एनआईसी एसिया बैंकको खाता नम्बरबाट आफ्नो वालेट आईडी ९८१२१७६३६१ हुँदै सिटिजन बैंकमा रहेको शेष फैजलको नामको खाता नम्बर १०७०१०००००११७०४५ मा ५० हजार २०० रुपैयाँ रकम रकमान्तर गरेको देखिएकोले उक्त ठगी कार्यमा संलग्न रहेका फैजललाई मंसिर १७ गते पक्राउ गरिएको हो।
उनलाई एयरपोर्टबाट पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, काठमाण्डौंमा पठाईएको महाशाखाले जनाएको छ।
प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार