
काठमाडौं ।
एक्सबक्स गेमले यही महिनबाट आफ्नो रोस्टरमा १२ ओटा नयाँ गेमहरु थप्ने भएको छ।
माइक्रोसफ्टले हालै यी १२ गेममध्ये केही एन्ड्रोइड डिभाइस तथा पर्सनल कम्प्युटरमा रहेको क्लाउड गेमिङ सर्भिसमा पनि उपलब्ध हुने घोषणा गरेको छ। यीमध्ये केही गेम बिहीबार अर्थात् डिसेम्बर २ बाट उपलब्ध भइसकेका छन् भने केही उपलब्ध हुँदै जाने बुझिएको छ।
यसबाहेक सब्सक्राइबरहरुले तीन ओटा गेमका लागि डीएलसी तथा अपडेट प्राप्त गर्नेछन्। अन्य चार ओटा एक्सबक्स गेम पास अल्टिमेट सब्सक्रिप्शनमार्फत् सहुलियत प्राप्त हुनेछ।
यस्तै अन्य ७ ओटा गेम १५ डिसेम्बरबाट रोस्टरबाट हटाइनेछ। तर यूजरले यी गेमहरु खरिद गरेर भने खेल्न सक्नेछन्।
एक्सबक्सले बिहीबारदेखि आफ्नो कलेक्शनमा डीएलसी तथा अपडेटका साथमा यी १२ गेम समावेश गरिसकेको छ।
रोस्टरमा थपिएका सबै १२ गेम एक्सबक्स सिरिज एक्स वा एस तथा एक्सबक्स वन कन्सोलमा खेल्न सकिनेछ। एक्सबक्स गेम पास अल्टमेटका सब्सक्राइबरलाई हेलो इन्फिनिटको साथमा डन्टलेस, एपेक्स लेजन्ड्स तथा वर्ल्ड अफ वरशिप: लेजन्ड्समा अपडेट दिइनेछ।
यस्तै एज अफ एम्पायर ३ : डेफिनिटिभ एडिशन, माइनक्राफ्ट तथा सी अफ थिभ्सका लागि पनि डीएलसी तथा अपडेट उपलब्ध हुनेछ।
यस्ता छन् रोस्टरमा थपिएका १२ गेम:
| १ | एनभीएल | कन्सोल तथा पीसी |
| २ | आर्कवाले | क्लाउड, कन्सोल तथा पीसी |
| ३ | फाइनल फेन्टासी एक्स३टू | कन्सोल तथा पीसी |
| ४ | ल:न मुभिङ सिमुलेटर | क्लाउड, कन्सोल तथा पीसी |
| ५ | रबर ब्यान्डिट्स | क्लाउड, कन्सोल तथा पीसी |
| ६ | स्टारड्यू भ्याली | क्लाउड, कन्सोल तथा पीसी |
| ७ | वारह्यामर ४००००: ब्याटलसेलेक्टर | क्लाउड, कन्सोल तथा पीसी |
| ८ | स्पेस वारलर्ड आर्गन ट्रेडिङ सिमुलेटर | क्लाउड, कन्सोल तथा पीसी |
| ९ | ह्यालो इन्फिनिटी | क्लाउड, कन्सोल तथा पीसी |
| १० | वन पिस प्राइभेट वारियर्स ४ | क्लाउड, कन्सोल तथा पीसी |
| ११ | एलियन्स: फायरटिम एलिट | क्लाउड, कन्सोल तथा पीसी |
| १२ | अमंग अस | कन्सोल |
प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार