आईओटी तथा एमटूएम माथि नियमन गरिने, फ्रेमवर्कको मस्याैदा सार्वजनिक

  • Technology Khabar | १७ मंसिर २०७८, शुक्रबार
आईओटी तथा एमटूएम माथि नियमन गरिने, फ्रेमवर्कको मस्याैदा सार्वजनिक

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आईओटी तथा एमटूएम नियमनसम्बन्धी फ्रेमवर्क २०७८ को मस्याैदा सार्वजनिक गरेको छ।

बुधाबार आईओटी र एमटूएम अर्थात् मेशिन टू मेशिन सेवालाई नियमनको दायरामा ल्याएर व्यवस्थित गर्नका लागि तयार पारिएको उक्त फ्रेमवर्कको मस्योदा प्राधिकरणले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो।

प्राधिकरणले उक्त फ्रेमवर्कलाई अध्ययन गरेर आफूलई लागेका राय, सुझाव तथा प्रतिक्रिया एक महिनाभित्रमा उपलब्ध गाराइदिनका लागि सम्बन्धित सबैलाई आग्रह पनि गरेको छ।

मस्याैदामा आईओटी र एमटुएमलाई आउटडोर र इन्डोर दुई भागमा बाँडिएको छ भने इन्डोर क्याटेगरीमा पर्ने जति वायर/वायरलेस नेटवर्कमा आधारित हुने उल्लेख छ।

आउटडोर क्याटेगरीमा पर्नेहरु भने इन्ट्रानेट तथा  इन्टरनेटमा आधारित हुने र यसका लागि सेवाप्रदायकले दूरुसञ्चार प्राधिकरणबाट स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ।

फ्रेमवर्कले यो सेवा प्राधिकरणबाट अनुमतिप्राप्त इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक र नेटवर्क सेवाप्रदायकले उपलब्ध गराउन सक्ने उल्लेख गरेको छ।

दूरसञ्चार सेवाप्रदायकबाहेक अन्य कम्पनीले यो सेवा उपलब्ध गराउन चाहेमा प्राधिकरणबाट अनुमति लिनुपर्ने प्रावधान राखिएको छ।

गोपनीयताका हिसाबले यस्ता सेवाका क्रममा उपलब्ध डाटा नेपालभित्रै भन्डारण गर्नुपर्ने शर्त तोकिएको छ। डाटा जोखिम आइपरेमा त्यसको जिम्मेवारी सेवा प्रदायकले वहन गर्नुपर्ने पनि प्रस्ट पारिएको छ।

के हो आईओटी र एमटूएम?

आईओटीको पूरा रुप इन्टरनेट अफ थिङ्स हो जसले विभिन्न सामानहरु एक आपसमा अन्तरआबद्ध भएर काम गर्नु भन्ने बुझाउँछ।

यसमा सेन्सर, सफ्टवेयर तथा अन्य प्रविधियुक्त भाैतिक सामग्रीहरुको सञ्जाल पर्दछ जो इन्टरनेटका माध्यमबाट अर्को डिभाइस वा सिस्टममा डाटा पठाउने उद्देश्यले नेटवर्किङ गरिएको हुन्छ।

यस्तै एम२एम को पूरा रुप मेशिन टू मेशिन भन्ने हुन्छ जसमा एउटा मेशिन वा डिभाइस अर्को मेशिन वा डिभाइससँग वायर वा वायरलेस हिसाबले सोझै कनेक्ट हुन सक्छ।

यसको मुख्य उद्देश्य मेशिनमा भएको सेन्सरको डाटा नेटवर्कसम्म पुर्याउनु हो। यसले सामान्यतया: सेलुलर वा इथरनेटलगायतका पब्लिक एक्सेस नेटवर्कको प्रयोग गर्दछ।

प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार