‘रोहन’ कोडनेम रहेको गुगल पिक्सेल वाच २०२२ आउने प्रबल सम्भावना

  • Technology Khabar | १७ मंसिर २०७८, शुक्रबार
‘रोहन’ कोडनेम रहेको गुगल पिक्सेल वाच २०२२ आउने प्रबल सम्भावना

काठमाडौं ।

अमेरिकी टेक जायन्ट गुगलले ल्याउने भनेको गुगल पिक्सेल वाच आउँदो वर्ष आउने सम्भावना प्रबल बनेको छ।

हालै बाहिर आएको एक रिपोर्टले यस्तो जानकारी दिएको हो। रिपोर्ट अनुसार गुगलले ल्याउन लागेको पिक्सेल वाचको कोडनेम रोहन रहने तथा कम्पनीका कार्यकारीहरुले आफ्ना कर्मचारीलाई उक्त डिभाइस आगामी वर्ष सार्वजनिक हुने बताएका छन्।

यो वाचमा गुगलको स्मार्टवाचका लागि बनेको पछिल्लो अपरेटिङ सिस्टम वेयर ओएस ३ रहने बुझिएको छ।

गुगलको यो वाचको डायल गोलाकार तथा बेजलरहित हुने बताइएको छ भने अन्य स्मार्टवाचहरुमा झैं हेल्थ तथा फिटनेस ट्र्याकर समावेश रहनेछ।

गुगलले स्मार्टवाच टिमबाहिरका आफ्ना कर्मचारीलाई पनि यसको परीक्षणमा सहभागी गराएको थियो जसको पृष्ठपोषणको कार्यक्रम नोभेम्बरमा राखिएको थियो। यसमा हार्ट रेट मनिटर तथा स्टेप ट्र्याकर पनि रहनेछ।

यो डिभाइसले एप्पल वाचसँग प्रतिस्पर्धा गर्ने हिसाब रहेको बताइएको छ भने यसको मूल्य पनि फिटबिटको भन्दा बढी हुने र लगभग ३४९ डलर हाराहारीमा आउने आकलन गरिएको छ।

प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...