भारतीय सरकारी टेलिकमले अर्को वर्षसम्म देशभर फोरजी सेवा पुर्याउने

  • Technology Khabar | १७ मंसिर २०७८, शुक्रबार
भारतीय सरकारी टेलिकमले अर्को वर्षसम्म देशभर फोरजी सेवा पुर्याउने

काठमाडौं ।

छिमेकी देश भारतको सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी बीएसएनएलले अझैपनि पूरै देशमा फोरजी सेवा उपलब्ध गराउन सकेको छैन्। तर, टेलिकम कम्पनीले चाँडै नै आफ्नो फोरजी सेवा देशभर उपलब्ध गराउने भएको छ।

यसपछि भारतमा निजी क्षेत्रका टेलिकम कम्पनीहरु एयरटेल जियो र भोडाफोनलाई कडा चुनौती हुनेछ। भारत संचार निगम लिमिटेड (बिएसएनएल) ले २०२२ सेप्टेम्बरसम्म देशका हरेक टेलिकम सर्कलमा फोरजी सेवा उपलब्ध गराउने घोषणा गरेको छ। यसबाट कम्पनीले ९ सय करोड भारु राजस्व आर्जन गर्ने लक्ष्य राखेको भारतीय मिडियाहरुले जानकारी दिएका छन्।

हालै भारतीय संसदमा, केन्द्रीय सञ्चार राज्यमन्त्री देवयुसिंह चौहानले लिखितरूपमा दुई सरकारी टेलिकम कम्पनी भारत संचार निगम लिमिटेड (बीएसएनएल) र महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) को विनिवेश गर्ने कुनै योजना नभएको बताएका थिए। केही समयदेखि बीएसएनएल र एमटीएनएलको विनिवेश हुने अनुमान गरिएको थियो, जुन अहिले पूर्णरुपमा रोकिएको छ।

भारतीय मिडियाको रिपोर्टका अनुसार बीएसएनएलको फोरजी रोलआउटको बारेमा संसदमा सोधिएको प्रश्नमा केन्द्रीय सञ्चार राज्यमन्त्रीले सरकारी टेलिकम कम्पनीलाई अर्को वर्ष सेप्टेम्बर २०२२ सम्मको समय दिइएको बताए। साथै, उनले फोरजी ल्याएपछि पहिलो वर्ष नै कम्पनीको राजस्व बढाएर ९०० करोड भारु पुर्याउने लक्ष्य रहेको पनि बताए । दूरसञ्चार कम्पनीको योजनाका लागि बजेट पनि जारी गरिने बताईएको छ।

प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार