
काठमाडौं ।
अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयका अनुसन्धाताहरुले नूनको दाना जत्रो आकारको इमेजिङ सिस्टम अर्थात् क्यामराको विकास गरेका छन्।
प्राविधिक हिसाबले यो डिभाइस १.६ मिलियन सिलिन्ड्रिकल पोस्टसहितको मेटासर्फेसमा बनेको छ र यसले क्यामरा सेन्सरको रुपमा काम गर्दछ।
यी १.६ मिलियन अर्थात् १० लाख पोस्टमध्ये प्रत्येकले अप्टिकल एन्टेनाको रुपमा काम गर्ने र यिनिहरुले प्रकाश लिने, अप्टिकल वेभफ्रन्टलाई आकार दिने र एआईसँगको सम्मिश्रणबाट पूर्ण रंगीन उच्च गुणस्तरको तस्विर निर्माण गर्दछन्।
परम्परागत क्यामराहरुमा जटिल प्लास्टिक तथा शिशाको लेन्स प्रयोग गरिन्छन् जसले प्रकाशलाई सेन्सरमा पुर्याएर त्यसले ती सिग्नलहरुलाई विद्युतीय रुपमा अगाडि बढाउँछन्।

यो नयाँ प्रविधि मेटासर्फेसमा आधारित हुन्छ जुन साना साना तत्वहरु रहेका एउटा पातलो फिल्म हो। यी साना साना तत्वहरु प्रकाशलाई आवश्यक दिशातिर फर्काउन सक्ने गरी विकास गरिएका हुन्छन्।
यो क्यामरा रहेका मेटासर्फेस तथा सिलिन्डर आकारका पोस्टहरु मिलेर ट्युबको डिजाइन बनाउँछन् भने आवश्यक सिग्नल प्रोसेसिश्र अल्गोरिदम विकास गरेर त्यसमार्फत् वास्तविक तस्बिर निर्माण हुन्छ।
यसले मेटासर्फेस क्यामरालाई पूर्ण रुपमा रंगीन तस्बिर लिन मद्दत पुर्याउँछ। यसबाट लिइने तस्बिर लेजर क्यामरामर्फत् लिइएको धमिलो तथा सीमित फिल्ड अफ भ्यूयुक्त तस्बिरभन्दा निकै गुणस्तरीय हुने बताइएको छ।
प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार