साइबर सेक्युरिटी सम्बन्धि दक्ष जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशियो : डेपुटी गभर्नर मिश्र

  • Technology Khabar | १६ मंसिर २०७८, बिहीबार
साइबर सेक्युरिटी सम्बन्धि दक्ष जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशियो : डेपुटी गभर्नर मिश्र

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले स्वेदशमा साइबर सेक्युरिटी सम्बन्धि दक्ष जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशिने गरेको बताएका छन्।

बिहीबार आयोजित एक कार्यक्रममा उनले देशमा साइबर सेक्युरिटी सम्बन्धि दक्ष र सीपयुक्त जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशिने गरेको र यसले देशलाई आर्थिक व्ययभार पनि हुने गरेको बताएका हुन् ।

डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालमै पढाई सञ्चालन गर्दा वार्षिक विदेशिने गरेको ठूलो रकम नेपालमै रहने र दक्ष जनशक्ति पनि स्वदेशमै उत्पादन हुने विश्वास लिएको बताए।

देशमा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक पढेको जनशक्तिको आवश्यकता र माग बढेकोले यो विषयको पढाईले धेरै टेवा पुग्ने उनको भनाई छ।

प्रकाशित: १६ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार